अभिमुखीकरणमा सहभागि विद्यार्थीले भने –अब हामी परिवारलाई सम्झाउछौं

अभिमुखीकरणमा सहभागि विद्यार्थीले भने –अब हामी परिवारलाई सम्झाउछौं

10.6k
SHARES

राज चौधरी कैलाली (पहिचान) फागुन २० – नील हिरा समाजको शाखा कार्यालय धनगढीले विद्यार्थीहरुलाई यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको स्वभाव र उनीहरुको वास्तविकताका विषयमा अभिमुखीकरण गराएको छ । नील हिरा समाजको शाखा कार्यालय सुदुरपश्चिम समाजका तर्फबाट गरिएको अभिमूखीकरणमा करिव ५० जना विद्यार्थीले सहभागिता जनाएका छन् । समलिंगी तेस्रोलिंगीको बिषयमा विद्यार्थीहरुको चासो समाधान गर्नुका साथै मानवअधिकार र समाजमा उनीहरुलाई हेरिने दृष्टिकोणमा रहेका कमजोरीका विषयमा जानकारी गराइएको छ ।
अभिमूखीकरणपछि विद्यार्थीहरुले यो समुदायका बारेमा प्रचार प्रसार र हरेक विद्यालय क्याम्पसमा यौनिक तथा लैंगिक अल्पसंख्यकको बारेमा कक्षा संचालन गर्दा उपयुक्त हुने वताए । उनीहरुले आफ्नो घर परिवार, समाज र साथी भाईलाई पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका विषयमा आफूले जानेको कुरा सिकाउने र मान्छेको स्वभावका कारण हुने हिंसा र विभेद विरुद्ध उभिने बताए ।
समाजका कोषाध्यष करुणा नेपालले अझै पनि समलिंगि तेस्रोलिंगिको विषयमा विद्यार्थीहरुलाई जानकारी नरहेको वताइन् । नेपालले समलिंगी तेस्रोलिंगीको विषयमा कक्षा ६, ७ र ८ मा मात्र नभई कक्षा ९, १० र त्योभन्दा माथिको पाठ्यक्रममा पनि समावेस गर्नु पर्ने भन्दै त्यसका लागि पनि आवाज उठाउन विद्यार्थीलाई आग्रह गरिन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.