निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगीका विषयमा बनेको फिल्म ‘म हैन म’ अन्तराष्ट्रिय मानवअधिकार फिल्म महोत्सवमा

समलिंगीका विषयमा बनेको फिल्म ‘म हैन म’ अन्तराष्ट्रिय मानवअधिकार फिल्म महोत्सवमा

853
SHARES

काठमाडौं (पहिचान) चैत्र २ – बिहिबार देखि सुरु हुने अन्तराष्ट्रिय मानवअधिकार फिल्म महोत्सवमा समलिंगी सम्बन्धमा आधारित भएर निर्माण भएको चलचित्र ‘म हैन म’ प्रदर्शन हुने भएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको वकालत गर्ने संस्था नील हिरा समाजको लगानीमा इलम दिक्षीतले निर्माण गरेको फिल्म ‘म हैन म’ ९० मिनेट लामो छ ।
३८ देशका ९० फिल्म छनौंट भएको मानवअधिकार फिल्म महोत्सवमा समलिंगीहरुको मानव अधिकार खुम्चिन बाध्य भएको भन्दै समलिंगीसँग जवरजस्ति हुने बैवाहिक सम्बन्ध र त्यसबाट उत्पन्न भएको तनावपूर्ण यौन जीवनलाई प्रस्तुत गरिएको छ ।
समलिंगी रहेका पुरुष पात्रसँग विपरित लिंगी महिला पात्रको विवाह भएर पनि उनीहरुबीच यौनजीवनको सुरुवात नै हुन नसक्ने र घरमा रहेकी श्रीमतीसँग भन्दा आफ्नै पुरुष साथिसँग अन्यत्र जाने कारणले आएको तनाव र जवरजस्तिले हुने सबन्धका कारण आएको गलत परिणामलाई फिल्ममा उतारिएको छ ।
प्रदर्शनीमा नेपालका ११ फिल्मले प्रवेश पाएका छन् । प्रशन्न मालिले निर्माण गरेको १ मिनेट १४ सेकेण्डको तिर्खा देखि, देवकी विष्टको ४५ मिनेट लामो ‘इन सर्च आफ देउकी’ तथा १ घण्टा ३६ मिनेट लामो जर्मनीको ‘याट आइ लेभर’सम्म महोत्सवमा प्रर्दशन हुँदैछन् ।

समाचार शेयर गर्नुहोस्
853
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.