‘नेविसंघ केन्द्रीय समतिमा तेस्रोलिंगीलाई ल्याउने प्रयासमा छु’ : नैनसिंह महर

‘नेविसंघ केन्द्रीय समतिमा तेस्रोलिंगीलाई ल्याउने प्रयासमा छु’ : नैनसिंह महर

748
SHARES

काठमाडौं (पहिचान) चैत्र २ – नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले नेपाल विद्यार्थी संघको केन्द्रीय समितिलाई चाडै पूर्णता दिने भन्दै यौनिक अल्पसंख्यकलाई पनि केन्द्रीय समितिमा राख्न पहल गर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा अध्यक्ष महरले केन्द्रीय समितिमा ल्याउन धेरै तिरको प्रेसर रहेको भन्दै प्रेसरका बावजुत समावेसी प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने बताए ।
‘नेविसंघ केन्द्रीय समितिमा ल्याउनलाई धेरै प्रकारका दवावहरु नेतृत्वले झेल्नुपर्दो रहेछ, यद्यपी म केही हप्ता भित्रै केन्द्रीय समितिलाई पूर्णता दिने तयारीमा छु,’ महरले भने, ‘नेविसंघमा अल्पसंख्यकबाट केन्द्रीय सदस्य बनाउने बैधानिक व्यवस्था पनि छ, तर त्यसमा धेरै समुह भएकाले यौनिक तथा लैंगिक अल्पसंख्यक नै पर्छन भन्ने ज्ञारेन्टी छैन ।’ उनले केन्द्रीय सदस्यमा ल्याउन व्यक्तिको क्रियाशीलता पनि हेरिनुपर्ने भन्दै त्यस्तो ज्ञारेन्टी दिनसक्ने अवस्था नरहेको बताए ।
‘नेविसंघ महाधिवेशनमा दुइजना तेस्रोलिंगी पनि प्रतिनिधि आएर भोट गरेका छन्, त्यसैले उनीहरुलाई केन्द्रमा स्थापित गर्दा राम्रै हुने थियो, तर अल्पसंख्यककै अन्य समुहबाट क्रियाशीलता ज्यादा भएमा गाह्रो हुन्छ,’ महरले भने, ‘तर पनि म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट पार्नका लागि सक्दो प्रयास गर्ने छु ।’

समाचार शेयर गर्नुहोस्
748
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.