होटल व्यवसायी भइन् तेस्रोलिंगी चञ्चली धमला

होटल व्यवसायी भइन् तेस्रोलिंगी चञ्चली धमला

राज चौधरी/कैलाली (पहिचान) चैत्र १२ – कैलाली टिकापुरकी तेस्रोलिंगी चञ्चली धमलाले महेन्द्रनगरमा होटेल व्यावसाय गरिरहेकी छन् । थोरै लगानीमा खाजानास्ता घर खोलेकी धमलाले आम्दानी भने राम्रै गरिरहेको वताइन । होटल संचालन गर्न शुरुमा केही गाह्रो भएपनि अहिले सहज हुँदै गएको चञ्चालीको अनुभव छ । उनले अहिले दैनिक चार हजार देखि पाँच हजारसम्म आम्दानी गरिरहेकी छन् । चञ्चलीले दैनिक आम्दानीबाट आफू सन्तुष्टी रहेको र गुजारा पनि चलिरहेको बताइन् ।
चञ्चलीले समलिंगी तेस्रोलिंगीहरुलाई सामाजको रुढीवादी सोचका कारण घरपरिवार र समाजले विभेद र घृणाको दृष्टिले हेर्नु समस्याको रुपमा रहेको बताइन् । ‘हामी तेस्रोलिंगी व्यक्ति खालि बसेपछि झन् समाजमा अनेक खालको समस्या आउँछ र स्वीकार नगर्ने समाजमा बस्न सारै कठिन रहन्छ,’ चञ्चलीले भनिन्, ‘त्यसैले जीवन जीउन र समाजको घृणा र अपहेलनाबाट बच्न कै लागि भए पनि केही न केही गर्नु पर्छ ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.