राजनीतिमा सक्रिय भए राज्यको सेवा सुविधा लिन सकिने तेस्रोलिंगीको विश्वास

राजनीतिमा सक्रिय भए राज्यको सेवा सुविधा लिन सकिने तेस्रोलिंगीको विश्वास

राज चौधरी/कैलाली (पहिचान) चैत्र १४ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले राजनीतिक दलमा आवद्ध भएर अधिकार प्राप्तिको अभियान सशक्त बनाउनु पर्ने वताएका छन् । नयाँ शक्ति पार्टीले धनगढीमा गरेको हिमाल, पहाड, तराई राष्ट्रिय अभियानमा सहभागी समुदायका सदस्यले दलमा आवद्ध भएर अभियान सशक्त बनाउनु पर्ने वताएका छन् ।

कैलाली, कञ्चनपुर र डोटीका समलिंगी तेस्रोलिंगीले आफ्नो समुदायका व्यक्तिहरु स्थानीय देखि केन्द्रीय राजनीतिमा सकृय हुनुपर्ने वताए । यो समुदायको अधिकार सुनिश्चित गर्न राजनीतिक दलहरुसंग सहकार्य गर्नुपर्छ तेस्रोलिंगी करुणा नेपालले भनिन्, यसका लागि समदुायको सदस्यको पहल आवश्यक छ ।

तेस्रोलिंगी आशिका चौधरीले समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तिको अभियानलाई अगाडी बढाउन राजनीतिक पार्टीमा क्रियाशिल हुनु पर्ने वताइन । समलिंगी तेस्रालिंगीलाई समाजमा फरक पहिचानको व्यक्ति भनेर विभेद गरेको पाईन्छ चौधरीले भनिन्, यो समुदाय माथि हुने विभेदलाई अन्त्य गर्न सबै तेस्रोलिंगी व्यक्तिहरुले एकजुट भएर आवाज उठाउनु पर्छ । राजनीतिमा सक्रिय रुपमा सहभागिता जनाए राज्यका हरेक निकायबाट सेवा सुविधा लिन सकिने उनको विश्वास छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.