दलहरुले भोटको मात्र राजनीति गर्दा तेस्रोलिंगी समस्यामा : योगेन्द्र चौधरी

दलहरुले भोटको मात्र राजनीति गर्दा तेस्रोलिंगी समस्यामा : योगेन्द्र चौधरी

काठमाडौं (पहिचान) चैत्र १५ – मधेसी जनअधिकार फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले दलहरुले भोटको मात्र राजनीति गर्दा समलिंगी तेस्रोलिंगीसहित सबै अल्पसंख्यक समस्यामा रहेको बताएका छन् । पहिचानसँगको कुराकानीमा प्रमुख सचेतक चौधरीले दलहरुको काम भोटका लागि मात्र नभएर जनताका लागि राजनीति गर्नुपर्ने बताए ।
‘अहिले दलहरुका गतिविधि भोट कहाँ छ र आफ्ना गतिविधिले भोट कति बढ्छ भन्नेमा केन्द्रीत देखिन्छन्,’ चौधरीले भने, ‘तर राजनीति समाजसेवा हो र यो अधिकारविहिन र वहिस्कृतहरुका लागि र आम जनताका लागि हुनुपर्छ भन्ने कुरा छुटिरहेको छ ।’ चौधरीले यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर संविधानले संबोधन गरिसकेको समुदायलाई ‘अब अधिकार प्राप्त भयोे हामी देश विकासमा लाग्नुपर्छ’ भन्ने भावना कानुनबाट गराउन नसकिएको बताए ।
चौधरीले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले पनि समयानुकुल चल्नुपर्ने भन्दै संगठित भएर आफ्ने मत प्रस्तुत गर्नुपर्ने बताए । ‘दलहरुले भोटको राजनीति गर्छन भने भोटकै आस देखाउन पनि आफ्नो मत जनाउनुपर्छ,’ चौधरीले भने, ‘त्यसका लागि समलिंगी तेस्रोलिंगीले खुल्न र संगठित हुनु आवस्यक छ ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.