बर्दियामा ५ जना तेस्रोलिंगी मतदाता

बर्दियामा ५ जना तेस्रोलिंगी मतदाता

बर्दिया (पहिचान) चैत्र १६ – जिल्ला निर्वाचन कार्यालय बर्दियाले ५ जना तेस्रोलिंगी मतदाता रहेको जनाएको छ । जिल्लामा २ लाख ५९ हजार दुई जना मतदाता मध्य ५ जना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।

स्थानीय चुनावका लागि जिल्लामा ५ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख पवनकुमार शाहीले जानकारी दिए । निर्वाचनमा दुई लाख ५९ हजार दुई जना मतदाताले मतदान गर्न सक्ने प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ ।

तीमध्ये एक लाख ३० हजार २७७ महिला, एक लाख २८ हजार ७२० पुरुष र पाँछ जना तेस्रोलिंगी गरी कुल दुई लाख ५९ हजार दुई जना मतदाता रहेका शाहीले जानकारी दिए ।

रासस

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.