इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) चैत्र २२ – तेस्रोलिंगी सन्ध्या लामालाई अपशब्द प्रयोग गर्ने एक व्यक्तिले प्रहरी समक्ष माफी मागेका छन् । हेटौडा ४ बस्दै आएकी तेस्रोलिंगी लामालाई अपशब्द प्रयोग गर्ने ठूलो भाइ भन्ने वीरबहादुर श्रेष्ठले माफी मागेका हुन् ।
लामाले वीरबहादुर विरुद्ध गाली बेइज्जती मुद्धामा कारवाहीको माग गर्दै चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा निबेदन दर्ता गराएकी थिइन् । निबेदनको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्चार्ज निलिमा खनालले अरुलाइ गाली बेइज्जती गर्ने अधिकार कसले दियो ? थुनामा बस्न मन भएर हो ? भन्दै कड्किएपछि ठुलो भाइ भन्ने विर बहादुर श्रेष्ठले माफी मागेका हुन् ।
आफ्नो गल्ति स्विकार्दै अब आइन्दा दोहोरियो भने जे सजाय भोग्न पनि तयार रहेको वताएपछि तेस्रोलिंगी सन्ध्याले उनलाई माफी दिइन । धेरै पटक सम्झाउदा पनि नसम्झेको भएर चौकीसम्म ल्याउन बाध्य भएको वताउँदै सन्ध्याले भनिन् अब आइन्दा यस्तो नहोस् ।
यौनिक तथा लैगिक अल्पसंख्यकहरु प्रति समाजको दृष्टिकोण परिर्वतन हुन नसक्दा यो समुदायका सदस्यहरुले सास्ती भोगिरहनु परेको छ ।” संविधान र कानुनमा जे जति कुराहरु समावेश भए पनि समाजले अझै बुझ्न सकेको छैन । जसको कारण हामीहरुले यस्ता अनाबश्यक झमेलामा समय खर्चिनु परेको छ भन्दै सन्ध्या भन्छिन् यो समुदायको विषयमा राज्य स्तरबाटै जनचेतना फैलाउनु पर्छ ।”
“मैले त बुझेको छु र त आफ्नो विरुद्दको आवाज उठाउन सक्छु । तर यही समुदायका धेरै व्यक्तिहरु छन् । जो आफ्नै परिवारबाट पीडित, समाजबाट अपहेलित भएर बस्न बाध्य छन् उनले भनिन् त्यसैले टाले टोलमा जनचेतना फैलाउनु आवश्यक छ ।”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.