नागरिकले अधिकार माग्नुपर्ने नै हैन : बिराज विष्ट

नागरिकले अधिकार माग्नुपर्ने नै हैन : बिराज विष्ट

960
SHARES

काठमाडौं (पहिचान) चैत्र २८ – राप्रपाका तर्फबाट प्रतिनिधित्व गर्ने सांसद विराज विष्टले नागरिकले अधिकारका लागि लड्नुनै नपेर्ने बताएका छन् । पहिचानसँगको कुुराकानीमा सांसद विष्टले यौनिक तथा लैंगिक अल्पसंख्यकले पनि अधिकारका लागि लड्नु पर्ने अवस्था राज्यको विकाससँग सम्बन्धित भएको बताए ।
‘समलिंगी तेस्रोलिंगी होस वा अन्य सामान्य नागरिक अधिकारका लागि लड्नुपर्ने अवस्था रहनु भनेकै राज्यको हैसियत कमजोर रहेको परिणाम हो,’ विष्टले पहिचानसँग भने, ‘झन नेपालको संविधानले नै यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर संबोधन गरेको र समानताको हक मार्फत हकदार रहेको समुहलाई अधिकार नदिने कुनै तर्क हुन सक्दैन ।’ विष्टले यौनिक अल्पसंख्यकका क्षेत्रमा नेपाल दक्षिण एसियामै सबैभन्दा अगाडी रहे पनि हुनुपर्ने जस्तो विकास हुन नसकेको बताए ।
‘सामाजिक सभ्यताको पर्याप्त विकास नहुँदासम्म अधिकार पूर्णरुपमा स्थापित हुन सक्दैन,’ विष्टले भने, ‘त्यसका लागि पहिले देशका शासकहरुले सभ्यताको चरण पार गर्नेैपर्यो त्यसरी स्थापित भएको अधिकार पनि समाजले सभ्यताको निश्चित चरण पार नगर्दासम्म लागु हुनसक्दैन ।’ विष्टले अधिकार चरणबद्ध रुपमा प्राप्त हुँदै गए त्यो स्थायी हुने भन्दै क्रमबद्ध विकासका लागि समाजिक सभ्यतासँगै परिवर्तनलाई पनि स्थापित गर्दै लैजानुपर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
960
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.