‘स्थानीय निर्वाचनपछि एमालेबाट समलिंगी तेस्रोलिंगी पनि निर्वाचित हुने छन्’ : ठाकुर गैरे

‘स्थानीय निर्वाचनपछि एमालेबाट समलिंगी तेस्रोलिंगी पनि निर्वाचित हुने छन्’ : ठाकुर गैरे

614
SHARES

काठमाडौं (पहिचान) बैशाख २ – नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले स्थानीय तह निर्वाचनपछि समलिंगी तेस्रोलिंगी पनि निर्वाचित निकायमा देख्न सकिने बताएका छन् । पहिचानसँगको कुराकानीमा केन्द्रीय सदस्य गैरेले नेकपा एमालेले देशको मुहार आउनेगरी प्रतिनिधित्व गराउने बताए ।
‘स्थानीय तह निर्वाचनपछि समलिंगी तेस्रोलिंगी पनि निर्वाचित निकायमा जनप्रतिनिधिका रुपमा स्थापित हुने छन्,’ एमालेको कृषि तथा भूमिसुधार विभागको प्रमुख समेत रहेका गैरेले भने, ‘देशमा रहेका सबै पक्षले आफू त्यहाँ अटाएको पाउने छन्, एमालेले गराउने प्रतिनिधित्व त्यस्तो हुने छ ।’ उनले कुनै पनि समुदायलाई नछुटाउने गरी एमालेले प्रतिनिधित्व गराउने पनि बताए ।
‘सम्बन्धित समुदायले पनि आफू कुन राजनीतिक दलमा लाग्ने स्पष्ट भएर लाग्नुपर्यो,’ गैरेले भने, ‘अन्त्यमा आएर फलानो पार्टीले दिएन भनेर गुनासो मात्र गरेर भएन ।’ उनले नेकपा एमालेमा समलिंगी तेस्रोलिंगीहरु पार्टीका निकायमा नै काम गरिहेको भन्दै स्थानीय तहमा उनीहरुको प्रतिनिधित्व हुनेमा ढुक्क हुन आग्रह गरे ।

समाचार शेयर गर्नुहोस्
614
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.