मान्छे भएर जन्मिएपछि जोसुकै होस उसमाथि विभेद हुनहुन्न : विजयदेव भट्टराई

मान्छे भएर जन्मिएपछि जोसुकै होस उसमाथि विभेद हुनहुन्न : विजयदेव भट्टराई

922
SHARES

काठमाडौं (पहिचान) बैशाख ५ – अखिल क्रान्तिकारीका उपाध्यक्ष विजयदेव भट्टराईले कुनैपनि मानिस माथि विभेद हुन नहुने बताएका छन् । पहिचानसँगको कुराकानीमा उपाध्यक्ष भट्टलाईले मानिस भएर जन्मिएका कसैलाई पनि विभेद र हिंसा गर्न नपाउनु नै सभ्यता भएको भन्दै त्यस्तो हिंसाविरुद्ध क्रान्तिकारी सधै खबरदारीसहित उभिने बताए ।
‘मानिस भएर जन्मिएका कसैलाई पनि विभेद र हिंसा गर्ने अधिकार कसैलाई हुँदैन,’ उपाध्यक्ष भट्टराईले भने, ‘त्यस्तो भएको छ भने नियन्त्रण गर्नका लागि अखिल क्रान्तिकारी सधै अग्रसर हुन्छ र विभेद विरुद्ध दह्रोसँग उभिन्छ ।’ उनले आजको समयमा कुनै पनि विद्यार्थी पढाइबाट बञ्चित हुन नहुने भन्दै समलिंगी तेस्रोलिंगी विद्यार्थीहरु पढाइमा समस्या भएको भए आफू र आफ्नो संगठनले सहयोग गर्ने बताए ।
उनले सांगठनिक आवद्धताका लागि समलिंगी तेस्रोलिंगीलाई आह्वान गरे । ‘समलिंगी तेस्रोलिंगीहरु खुलेर विद्यार्र्थी संगठनमा आवद्ध हुन चाहनुहुन्छ र अखिल क्रान्तिकारीसँग विचार पनि मिल्छ भने संगठनमा आवद्ध हुन म आग्रह गर्छु,’ उपाध्यक्ष भट्टराईले भने, ‘संगठनमा आवद्ध भएपछि नेतृत्वसम्म पुर्याउने काम हाम्रो हो ।’ यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सबै क्षेत्रमा समेटन बहस चलिरहेको भन्दै त्यसपछि विभेद बाँकी नरहने उनको भनाई थियो ।

समाचार शेयर गर्नुहोस्
922
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.