निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यौनिक अल्पसंख्यकलाई महिलाजस्तै अधिकार दिएर सक्षम बनाउन सकिन्छ : भिमसेनदास प्रधान

यौनिक अल्पसंख्यकलाई महिलाजस्तै अधिकार दिएर सक्षम बनाउन सकिन्छ : भिमसेनदास प्रधान

765
SHARES

काठमाडौं (पहिचान) बैशाख १७ – सांसद भिमसेनदास प्रधानले महिलालाई जस्तै यौनिक अल्पसंख्यकलाई पनि आरक्षण मार्फत नेतृत्व विकास गर्न सकिने बताएका छन् । पहिचानसँगको कुराकानीमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद प्रधानले यौनिक अल्पसंख्यकका समस्या आफूले बुझे देखि नै सकारात्मक रुपमा रेस्पोन्स गरेको बताए ।
‘यौनिक अल्पसंख्यकबाट तेस्रोलिंगी भूमिकाले राजनीतिमा इन्ट्रेष्ट देखाउनुभयो, उहाँ सदस्यसमेत नभएका बेला मैले नै उहाँलाई प्रतिनिधित्व गराउन प्रतिनिधि बनाउने पहल गरे,’ प्रधानले भने, ‘सबैको सहयोग प्राप्त भयो, त्यसैले हामीले नेपालको राजनीतिक इतिहासमै पहिलोपटक १२ औं महाधिवेशनमा तेस्रोलिंगी महाधिवेशन प्रतिनिधि सहभागि गरायौं ।’ नेपाली काँग्रेस काठमाडौंका तात्कालिन सभापति समेत रहेका प्रधानले काठमाडौंबाट नै तेस्रोलिंगी भूमिका श्रेष्ठलाई १२ औं महाधिवेशनमा सहभागि गराएका थिए ।
‘महिलाको सामाजिक भूमिकाका कारण मात्र उनीहरु पछि परेका हुन तर समलिंगी तेस्रोलिंगीको अवस्था दर्दनाक छ,’ सांसद प्रधानले भने, ‘उनीहरु घरबाटै निकालिने र सहाराविहिन हुनुपर्ने अवस्था छ ।’ सांसद प्रधानले उनीहरुले नागरिकता पाउने विषय देखि सामाजिक समायोजनका विषय समेत समस्या ग्रस्त देखिएको वताए । ‘एकजना तेस्रोलिंगीको समस्या सुनेर त रौंतहटका सिडीओ नैं धुरु–धुरु रुनुभएछ, त्यसबाटै थाहा हुन्छ कि तेस्रोलिंगीहरु कुन अवस्थामा छन्,’ प्रधानले भने ।
सांसद प्रधानले महिलाहरु आरक्षणका माध्यमबाट नेतृत्वमा पुगेर धेरै प्रगति गरेको भन्दै तेस्रोलिंगीलाई पनि त्यसरी नै सक्षम बनाउन सकिने बताए ।

समाचार शेयर गर्नुहोस्
765
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.