“अवसर दिनुहोस, हामी सिङ्गो देश हाकेर देखाउँछौ”

“अवसर दिनुहोस, हामी सिङ्गो देश हाकेर देखाउँछौ”

793
SHARES

बिनोद वि.सी./रुपन्देही (पहिचान)  बैशाख २२ – नयाँ शक्ति नेपाल रुपन्देहीले आनिक रानाको अध्यक्षतामा २१ सदस्य यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको जिल्लागत भातृ संगठन गठन गरेको छ । संगठनको उपध्यक्षमा सन्तु पुन, सचिव विनोद सुनार, सहसचिव धनु दर्लामी, कोषाध्यक्ष विमला बस्नेत र अन्य सदस्यहरु रहेका छन् ।
कार्यक्रममा नयाँ शक्ति राष्ट्रिय युवा अभियान रुपन्देहीका सह–संयोजक दिलिप विकले समावेसी समानुपातिक ढङ्गले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारलाई मुल धारमा पुर्याउन नयाँ शक्ति नेपालले सहयोग गर्ने बताए ।
नयाँ शक्ति नेपाल रुपन्देहीका युवा नेता तथा केन्द्रीय परिषद सदस्य कैलास गुरुङ्गले नेपालमा समलिंगी तेस्रोलिंगी समुदायको संरक्षक नयाँ शक्ति पार्टी भएको बताए । ‘समलिंगी तेस्रोलिंगी समुदायलाई अब परेको हरेक पिरमर्का खुलेर राख्नुहोस हामी त्यसको समाधान खोज्ने छौं,’ गुरुङले भने ।
प्रदेश नम्बर–५का नयाँ शक्ति नेपाल कलाकार मञ्चका संयोजक दुर्गा विकले आफू नयाँ शक्ति पार्टीमा प्रवेश गर्नु भन्दा पहिला कुनै पार्टीमा तेस्रोलिंगी समुदायको समावेशी प्रतिनिधित्व नदेखेको बताए । ‘यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारमा कुनै पार्टीले आवाज उठाएका थिएनन्,’ विकले भने, ‘अब नयाँ शक्ति नेपालको कलाकार मञ्चमा पनि यो समुदायलाई समावेश गराउने छौं ।’
रुपन्देही क्षेत्र नम्बर–२ का संयोजक किस्मत विकले अवसर पाए समलिंगी तेस्रोलिंगीमा सिङ्गो देश हाक्ने क्षमता रहेको भन्दै नयाँ शक्ति नेपालले अवसर प्रदान गर्ने प्रतिबद्धता जनाए ।

समाचार शेयर गर्नुहोस्
793
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.