नेपालमा तेस्रोलिंगीको हैसियतमा समलिंगी विवाह गर्ने पहिलो मै हुँ : शाही

नेपालमा तेस्रोलिंगीको हैसियतमा समलिंगी विवाह गर्ने पहिलो मै हुँ : शाही

काठमाडौं (पहिचान) बैशाख २५ – कैलाली चुहा नगरपालिका वडा.न.२ निवासि तेस्रोलिंगी मोनीका शाहीले पुरुषसँग विवाह गरेको सार्वजनिक गरेकी छन् । रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर मोनिकाले डडेल्धुरा पर्शुराम नगरपालिका जोगबुढा निवासी रमेश नाथ योगीसँग विहे गरेको सार्वजनिक गरेकी हुन् । नेपालमा मोनिका जस्ता धेरै समलिंगी तेस्रोलिंगी समलिंगी सम्बन्धमा रहेपनि पत्रकार सम्मेलन नै गरेर सार्वजनिक हुने मोनिक र रमेश पहिलो समलिंगी जोडी हुन् ।
कर्णबहादुर शाही र मनसरा शाहीको कोखबाट कान्छि सन्तानको रुपमा जन्मिएकी शाहीले तीन महिना पहिले आन्तरिक रुपमा रमेश नाथ योगीसँग विहे गरेको र रमेश जस्ता पुरुषहरु समाजमा नभेटिने दावी समेत गरिन । उनले भनिन् ‘आज मेरो लागि खुसिको दिन हो, हामीले आन्तरिक रुपमा तीन महिना पहिले विहे गरेका थियौँ, आज आएर समाजको नजर सामु विहे गरेका छौँ, हामी एक अर्कालाई अथाह माया र सम्मान गछौँ, हामी बीचको प्रेम अमर, अजर र नुमुना यूक्त बन्नेमा हामी विश्वस्त छौं ।’ समाजको छिछि र दुरदुर सहँदै बाँचिरहेका ९ लाख १४ हजार समलिंगी तेस्रोलिंगीको अवस्था नाजुक एवम दुःखद रहेको बताउदै गर्दा मोनिका भक्कानिएर रोएकी थिइन् ।
शाहीले रुदै भनिन्, ‘म आज खुसिका आँसु बगाईरहेकी छु, हामी खुसि छौँ, तर हामी मात्रै खुसि भएर हुँदैन, म जस्ता ९ लाख १४ हजार समलिंगी तेस्रोलिंगी दिदी बहिनीहरूले रमेश जी जस्तो शाहसी र महान पुरुषको साथ पाउनु पर्यो, अनि त्यो दिन मात्र हामी खुसि हुनेछौँ, हामी सक्षम र दक्ष छौँ ।’

उनले जन्मदिने आमाबाबुको हात र साथमा विहे गर्ने रहर सबैमा हुनेभन्दै आफुहरू घरपरिवारलाई त्यागेर समाजलाई नै आमाबाबा मानिरहेको बताईन । गहभरि आँसुका ढिका टिलपिल पार्दै शाहीले अघि थपिन, ‘जन्मदिनु ठुलो कुरा होईन, जन्मदिने भन्दा कर्मदिने अविभावकको भूमिका महान हुन्छ, हाम्रा आमाबाबालाई त्यागेर हामी प्रेम बन्धनमा बाँधिएका छौँ, केवल पत्रकार ज्यूहरू तपाईहरू आज हाम्रा लागि आमाबाबा हुनुहुन्छ, आज हामीले तपाईलाई साछि राखेर विहे गरेका छौँ, हामी यो देशका नागरिक हौँ, हामी देश विकासमा समर्पित हुन चाहन्छौँ, तर राज्यले हामीलाई हेर्ने नजर परिवर्तन गर्न सक्नु पर्छ।’
कार्यक्रममा अविभावकका रुपमा उपस्थित भएकी जानुका क्षेत्रीले समलिंगी तेस्रोलिंगीबीचको स्पोर्ट म्यारिज दक्षिण यसियाको लागि उदाहरणीय भएकाले यस कार्यबाट समाजले केही सिक्नुपर्नेमा जोड दिइन । साहित्यकार समिपा शाहले तेस्रोलिंगी जीवन र प्रेमको बारेमा थेसिस गरिरहेको बताउदै हेर्दा समाजले छिछि र दुरदुर गरेपनि भित्रि कथा अत्त्यन्तै दुखद रहेको बताईन । स्पोर्ट म्यारिजमा कार्यक्रममा बोल्दै साहित्यकार शाहले राज्यको चौथो अङ्गका रुपमा सम्मानित पेशाकर्मीले तेस्रोलिंगीका बारेमा सकारात्मक रुपमा कमल चलाउन आग्रह गरिन ।
तेस्रोलिंगी मोनिक शाही लिंगको महलमा ‘अन्य’ उल्लेख गरेर पासपोर्ट लिने नेपालमा पहिलो तेस्रोलिंगी हुन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.