समलिंगी तेस्रोलिंगीलाई समाजले सहजै स्विकार्नु पर्छ : गोदार

समलिंगी तेस्रोलिंगीलाई समाजले सहजै स्विकार्नु पर्छ : गोदार

विनोद विसी/रुपन्देही (पहिचान) जेठ १ – जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका बरिष्ठ जनस्वास्थ्य प्रशासकिय अधिकृत केहरसिंह गोदारले समलिंगी तेस्रोलिंगीसँग काम गर्न पाउदा खुशीको अनुभुति भएको वताएका छन् । उनले समलिंगी तेस्रोलिंगी पनि अन्य मानिस सरह देशको नागरिक भएको हैसियतले निर्धक्क बाच्न पाउनु पर्ने बताए ।

नील हिरा समाजको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा रुपन्देहीमा भएको जिल्ला स्तरिय सरोकारवालहरुसँगको समन्वय बैठकमा प्रशासकिय अधिकृत गोदारले समलिंगी तेस्रोलिंगीलाई समाजले सहजै स्विकार्नु पर्ने वताए । समन्वय बैठकमा सिद्धार्थनगर नगरपालिकाका सामाजिक बिकास अधिकृत शेखरनाथ पन्थीले अन्य जिल्लामा भन्दा रुपन्देही जिल्लामा नील हिरा समाजले समलिंगी तेस्रोलिंगीको अधिकार र स्वास्थ्यको क्षेत्रमा निकै उदाहारणीय काम गरिरहेको वताए । उनले यसलाई सबै तहबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

पन्थीले आउदा दिनमा सिद्धार्थनगर नगरपालिकाले यौनिक तथा लैंगिक अल्पसंख्यकको मानवअधिकार र स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुलाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । नील हिरा समाज रुपन्देहीमा उपचार तथा हेरचाह कार्यक्रममा कार्यरत तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले विवाह बन्धनमा बांधिएका समलिंगी तेस्रोलिंगीलाई कानूनी मान्यता दिनुपर्ने माग राखिन ।

रानाले अबका दिनमा नेपाल सरकारले समलिंगी तेस्रोलिंगीलाई पनि आफुले ईच्छाएको व्यक्ति संगै बस्न पाउनुपर्ने कानुनी प्रावधान बनाउनुपर्ने बताइन । कार्यक्रममा नील हिरा समाज रुपन्देहीकी कार्यक्रम संयोजक मनिला न्यौपानेले अन्य समुदायमा भन्दा समलिंगी तेस्रोलिंगी समुदायमा एच.आई.भी.को जोखिम बढिरहेको जानकारी दिइन । न्यौपानेले समलिंगी तेस्रोलिंगी समुदायमा बढि एच.आई.भी.को जोखिम रहदा पनि नेपाल सरकार मौन बसी उनिहरुको स्वास्थ्य सम्बन्धमा कुनै चासो नदेखाएको आरोप लगाइन ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यलयका प्रमुख, महिला बिकास कार्यालयका प्रमुख, जिल्ला कानुनी साहायता समितिका कार्यक्रम संयोजक सुनिल त्रिपाठी, कदम नेपालकी अध्यक्ष ईन्दिरा आचार्य, रुपन्देही एफ.एम कि समाचार वाचिका उषा के.सी.लगायत ५० जनाको उपस्थिती रहेको कार्यक्रममा समलिंगी व्यवहारमा आधारित म होइन म भन्ने बृत्तचित्र प्रस्तुत गरिएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.