एलजीबीटीआई घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस : युएनको झण्डासँगै फहराइयो एलजीबिटिआई इन्द्रेणी झण्डा

एलजीबीटीआई घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस : युएनको झण्डासँगै फहराइयो एलजीबिटिआई इन्द्रेणी झण्डा

ललितपुर (पहिचान) जेठ ३ – यौनिक तथा लैंगिक अल्पसंख्यक एलजीबिटिआई घृणाविरुद्धको अन्तराष्ट्रिय दिवस तामझामका साथ मनाइएको छ । तामझामसहित मनाइएको समलैगिकता, द्विलैगिकता र ट्रान्स लैंगिकता घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा संयुक्त राष्ट्रसंघको झण्डासँगै सप्तरंगी एलजीबिटिआई झण्डा फहराइएको छ ।
ललितपुरस्थित युएन हाउसमा संयुक्त राष्ट्रसंघ र नील हिरा समाजको आयोजनामा भएको कार्यक्रममा ‘यौनिक तथा लैंगिक अल्पसंख्यकलाई घृणा हैन माया गरौं, मायाले परिवार बन्छ’ भन्ने नारासहित समलैंगिकता, द्विलैगिकताको घृणाविरुद्धको दिवस मनाइएको हो । यो दिवव सन् २००४ देखि नेपालमा पनि मनाउन थालिएको हो ।
दिवसका अवसरमा सप्तरंगि एलजीविटिआई समुदायको झण्डा मिस पिंक २०१६ एनी लामा, मिस्टर गे ह्याण्सम विश्वराज अधिकारी, मिश पिंक राज हुशेन र ट्रान ओमन क्याट्रिन पन्तका बुवा तथा वरष्ठि कलाकार सन्तोष पन्तले झण्डोत्तोलन गरेका थिए ।
सन १९९० मा संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठनले समलिंगी तेस्रोलिंगी हुनु कुनै रोग नभएर प्राकृतिक विशेषता भएको भन्दै अन्तराष्ट्रिय रोगको सूचीबाट हटाएको दिन पारेर घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइदै आएको छ ।
‘नेपाल विश्वका धेरै कम त्यस्ता देश मध्यको एक देश हो । यसलाई म जोडदार रुपमा फेरी पनि दाहो¥याउन चाहन्छु, नेपाल विश्वका धेरै कम त्यस्ता देश मध्येको त्यस्तो देश हो, जहाँ यौनिक तथा लैंगिक अल्पसंख्यकलाई संबैधानिक ग्यारेन्टी गरिएको छ,’ महिला बालबालिका तथा समाजकल्याण मन्त्री डाक्टर कुमार खड्काले भने, ‘त्यस अनुरुप यौनिक तथा लौंगिक अल्पसंख्यकहरु ‘एलजीबिटिआईक्यु’हरुको अधिकार स्थापित र व्यवस्थित गर्नका लागि कानुनको मस्यौदा बनिसकेको छ ।’
उनले समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगी हुनु कुनै स्वास्थ्य वा मानसिक समस्या नभएर प्रकृतिको सृजना भएको भन्दै त्यसलाई अधिकार दिने अभियानका लागि नेपाल विश्वकै उदाहरणीय राष्ट्र भएको बताए ।
यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारको अवाज उठाउँदै आएको संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले समाजमा चिनियर बाँच्न समेत अफ्ठेरो अवस्थामा रहेको नेपाली यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय १७ वर्षभित्र संबैधानिक अधिकार सुनिश्चित गर्न र युएनजस्तो गरिमामय संस्थासँग सहकार्यमा सार्वजनिक कार्यक्रम गर्ने हैसियतमा पुगेको भन्दै इतिहास गौंरवपूर्ण रहेको बताईन् ।
उनले विश्वका धेरै देशहरुले नेपालबाट पाठ सिक्नसक्ने भन्दै नेपाल यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा प्रगतिशील देश भएकोमा आफूलाई गर्व अनुभव भएको बताइन् । उनले संबैधानिक अधिकार सुनिश्चित भएर पनि यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा गर्न अझै धेरै बाँकी रहेको भन्दै त्यसलाई सबैको साथले पूर्णता दिनुपर्ने बताईन् । नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यकलाई साथ दिएर यो उचाईसम्म पु¥याउने युएनलगायत अन्तराष्ट्रिय निकायहरु, एलजीविटिआई समुदायका परिवारसहित सबै समर्थकहरुलाई उनले धन्यवाद दिईन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.