यौनिक अल्पसंख्यकको अधिकार प्राप्तिको अभियानमा परिवारको सहभागिता

यौनिक अल्पसंख्यकको अधिकार प्राप्तिको अभियानमा परिवारको सहभागिता

ललितपुर (पहिचान) जेठ ३ – नील हिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार प्राप्तिको अभियानमा परिवारका सदस्यलाई पनि सहभागी गराउन सुरु गरेको छ । समलिंगी तेस्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर समाजले आफ्नो अभियानमा परिवारका सदस्यलाई पनि सहभागी गराउन सुरु गरेको हो ।

‘हाम्रो अभियानमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका परिवारका सदस्य पनि सहभागी गराउन थालेका छौ समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले भनिन्, यो अभियानलाई अवका दिनमा व्यापकता दिइनेछ ।’ उनले संयुक्त राष्ट्रसंघ नेपाल कार्यालयले आफ्नै कार्यालयमा समलिंगी तेस्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाएकोमा खुशी लागेको वताइन । परिवारले आफ्ना सन्तानको चाहना बुझ्न सकेन भने जीवन अधुरो हुने वताउँदै ढकालले भनिन, परिवारको सहयोगले समाज परिवर्तन मात्रै होइन नीति निर्माणमा समेत महत्वपूण भूमिका निर्वाह हुन्छ ।’

आफ्नो परिवारमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्य रहेका राज हुसेनले परिवर्तन आफैबाट सुरु गर्नु पर्ने वताए । ‘दिमाखमा मात्रै होइन व्यवहारमा परिवर्तन ल्याउनु पर्छ हुसेनले भने, पहिला अवस्था गरो थियो, अहिले धेरै सहज भएको छ ।’ परिवारकै सदस्य अनिमा राईले आफ्नो परिवारका सदस्य समलिंगी भएकोमा गर्व महसुस भएको वताइन । उनले आफ्नो सदस्य समलिंगी भएको संचारमाध्यमबाट थाहा पाएको वताउँदै फरक यौनिकता भएको आधादमा विभेद र दुरव्यवहार गर्न नहुनेमा जोड दिइन ।

अर्की परिवारकी सदस्य सरु विष्टले पहिला आफु एक्लै भएजस्तो लागेपनि अहिले धेरै व्यक्ति देख्न पाउँदा हर्षित भएको वताइन । उनले समलिंगी तेस्रोलिंगी अन्तरलिंगीलाई समान नजरले हेरिदिन सबैलाई आग्रह गरिनन । विष्टले शिक्षित समुदायका सदस्यलाई समेत रोजगारीको अवसर नभएको वताउँदै सरकारी निकायमा पुग्ने वातावरण वनाइदिन माग गरिन ।

कसिक कपालीले आफ्नो दिदी ट्रान्सजेण्डर भएपनि आफुले सक्दो सहयोग गरेको वताए । मदन थापाले आफ्नो भाई अहिले बहिनी भएको र १० बर्षदेखि भाईटिका लगाउँदै आएको वताए । उनले छोरा छोरी जस्तै तेस्रोलिंगी सन्तानको इच्छा आकांक्षा बुझेर सहयोग गर्नु पर्ने र अरु खुम्चिएर दविएर बस्न नहुने वताए ।

लिंग परिवर्तन गरेका क्याटरिन पन्तका बुबा बरिष्ठ कलाकार सन्तोष पन्तले आफु यौनिक तथा लैंगिक अल्पसंख्यकको अभिभावक भएका वताए । ‘बुझेका परिवार धेरै छैनन, सबै परिवारमा जनचेतना पुर्याउन पर्छ पन्तले भने, गाउँ गाउँमा ठाउँ ठाउँमा जनचेतना पुर्याउनु पर्छ त्यसका लागि म टेलिभिजन कार्यक्रम निर्माण गर्न तयार छु ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.