स्थानीय निर्वाचनमा तीनजना यौनिक अल्पसंख्यकले उम्मेदवारी दिने

स्थानीय निर्वाचनमा तीनजना यौनिक अल्पसंख्यकले उम्मेदवारी दिने

रुपन्देही (पहिचान) जेठ १३ – स्थानीय तह निर्वाचनमा रुपन्देहीबाट तीन जना यौनिक अल्पसंख्यकले वडा सदस्यमा उम्मेदवारी दिने भएका छन् । नयाँ शक्ति नेपालको यौनिक तथा लैंगिक अल्पसंख्यक जिल्ला संगठन रुपन्देहीको बैठकले ३ जनाले ३ वटा तहबाट वडा सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

जसअनुसार बुटवल उपमहानगरपालिका वडा नम्बर ८ बाट सन्तु पुन, तिलोत्तमा नगरपालिका वडा नम्बर ८ बाट आनिक राना र देवदह नगरपालिका वडा नम्बर १० बाट विमल बस्नेतले उम्मेदवारी दिने जनाएका छन् ।
नील हिरा समाजको आयोजनामा बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकको हक अधिकारका लागि उम्मेदवारी दिन लागेको बताए ।
उम्मेदबार आनिक रानाले स्थानिय तहमा यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार कागजमा दिइएको भएपनि व्यवहारिक रुपमै कार्यान्वयन गर्नका लागि आफुहरुले उम्मेदबारी दिने बताइन् ।
उम्मेदवार सन्तु पुनले समाजमा चेतना जगाउन र यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिमा परिवर्तन ल्याउनका लागि उम्मेदवारी दिन लागेको बताइन् ।
यसैगरि अर्की उम्मेदवार विमल बस्नेतले अधिकारको शुरुवात सानोबाट नै हुने भन्दै अधिकारका लागि आफुहरुले शुरुवात गरेको बताइन् ।
हाल रुपन्देहीमा यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या करिव ९ हजार रहेको नील हिरा समज रुपन्देहीले जानकारी दिएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.