तरुण दलको केन्द्रीय समितिमा यौनिक अल्पसंख्यकको अनुहार देख्नुहुने छ : जीतजंग बस्नेत

तरुण दलको केन्द्रीय समितिमा यौनिक अल्पसंख्यकको अनुहार देख्नुहुने छ : जीतजंग बस्नेत

918
SHARES

काठमाडौं (पहिचान) जेठ १६ – नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले तरुण दलको केन्द्रीय समितिमा यौनिक तथा लैंंगिक अल्पसंख्यक पनि रहने बताएका छन् । पहिचानसँगको कुराकानीमा अध्यक्ष बस्नेतले नेपाल तरुण दलको विधानले नै समावेसी प्रतिनिधित्वको व्यवस्था गरेको भन्दै अब बन्ने केन्द्रीय समितिमा सबै समुदायको अनुहार देखिने बताए ।‘म विश्वासपूर्वक के भन्ने चाहन्छु भने तरुणदलको केन्द्रीय समितिमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय देखि आदिवासी जनजाति, महिला, मधेसी मुस्लिम र पिछडावर्ग सबैको उपस्थिति रहने छ,’ अध्यक्ष बस्नेतले भने, ‘र नेपाल तरुण दल सबैको संगठन पनि बन्दैछ ।’ उनले समावेसी प्रतिनिधित्व समयको माग र राष्ट्रिय आवस्यकता भएको भन्दै सबैलाई लिएर अघि बढ्नुपर्ने बताए ।
अध्यक्ष बस्नेतले राजनीति, कर्मचारीतन्त्र मात्र नभएर समाज नैं भ्रष्टाचारको दलदलमा रहेको भन्दै त्यसलाई सुधार्न एकल प्रयासले सम्भव नहुने बताए । ‘अन्याय, अत्याचार र भ्रष्टाचारका विरुद्धमा सबै एक भएर आत्मशुद्धिसहित लागेमात्र भ्रष्टाचार नियन्त्रणमा आउन सक्छ,’ बस्नेतले भने, ‘जवसम्म तपाई आफ्नी छोरी पढेलेखेको र इमान्दारलाई भन्दा धनीमानीलाई दिनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ समाज सुध्रनेवाला छैन ।’

उनले समाजका हरेक नागरिकले भ्रष्ट सोच त्यागेमा समाज आफै सभ्य हुने बताए । ‘सभ्य समाज भयो भने त्यहाँ विभेद पनि रहँदैन र विभेदमुक्त समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यकको पनि सम्मान हुन्छ,’ बस्नेतले भने ।

समाचार शेयर गर्नुहोस्
918
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.