काठमाडौं (पहिचान) जेठ २३ – नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा सांसद रामनायण विडारीले समलिंगीहरुलाई तत्काल सिभिल युनियन अधिकार दिनुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा विश्वका थुप्रै देशमा समलिंगी विवाहलाई मान्यता नदिएका ठाउँमा समेत सँगै बस्ने बैधानिक अधिकार र मापदण्डसहितको सिभिल युनियनको व्यवस्था रहेको भन्दै यहाँ पनि तत्काल त्यही कानुन बनाएर समलिंगी जोडीहरुलाई कानुनी अधिकार दिनुपर्ने बताए ।
‘कुनै पनि विषयको नयाँ कानुन भनेको धेरै प्रकारका रिसर्च पछि आउने परिणाम हो, त्यसैले समलिंगी विवाहसम्बन्धि कानुन निर्माण गर्दा पनि पर्याप्त अध्ययन र अनुसन्धान हुन जरुरी छ,’ माओवादी केन्द्रको संसदीय दलका सचिव समेत रहेका विडारीले भने, ‘सरकारले समलिंगी विवाहसम्बन्धि कानुनको मस्यौदा निर्माण सुरु गरेको जानकारी मैले पाएको छुँ त्यसलाई पर्याप्त अध्ययन र अनुसन्धान पछि टुंगोमा पुर्याउनु आवश्यक छ ।’
उनले समलिंगी विवाहसम्बन्धी कानुन भएका देशको अभ्यास, त्यसका राम्रा नराम्रा पक्ष र हाम्रो समाजमा त्यसका सामाजिक सांस्कृतिक पक्षको राम्रो अध्ययन गरी समलिंगी विवाहसम्बन्धी कानुन बनाउनुपर्ने बताए ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.