यौनिक अल्पसंख्यकले अरु क्षेत्रको भन्दा धेरै अवसर पाउनु पर्छ : पोखरेल

यौनिक अल्पसंख्यकले अरु क्षेत्रको भन्दा धेरै अवसर पाउनु पर्छ : पोखरेल

617
SHARES

बसन्ती कडायत/डोटी (पहिचान) जेठ ३० – जिल्ला भुसंरक्षण कार्यालय डोटीका सहायक भु संरक्षण अधिकृत सुशील पोखरेलले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यलाई अरु समुदायको भन्दा धेरै अवसर पाउनु पर्ने वताएका छन् । समलिंगी तेस्रोलिंगीहरुलाई खुलेर आउन आग्रह गर्दै पोखरेलले यो समुदायका सदस्यलाई दलित, महिला, जनजाति, पिछडिएको क्षेत्रहरुको भन्दा पनि बढि अवसर दिनु पर्ने वताए ।

नील हिरा समाजको शाखा कार्यालय डोटीले गरेको समन्वय कार्यक्रममा उनले अञ्जली लामा, पिंकी गुरुङ जस्तै सबै समलिंगी तेस्रोलिंगी खुलेर आउनु पर्ने वताए । उनीहरु मिडियामा खुलेर आएकै कारण आफूले बुझ्न पाएको वताउँदै उनले भने, “अव सडकमै अन्तरक्रिया कार्यक्रम राख्नु होला, त्यसले समाजलाई बुझाउन सजिलो हुन्छ ।”

उनले भारतका तेस्रोलिंगीको जस्तो व्यवहार नेपालका तेस्रोलिंगीले गर्नु नहुने सुझाव पनि दिए । “यसमा हामीले नौलो र अचम्म मान्नु पर्ने कुरा छैन, तेस्रोलिंगीहरु आज मात्रै हैन पुर्खै देखि थिए उनले भने, फरक यति हो हिजो आफ्नो पहिचान लुकाएर बसेका थिए भने आज खुलेर आएका छन ।”

कार्यक्रममा सहभागीहरुले समलिंगी तेस्रोलिंगी निक्कै पीडित समुदाय भएको वताउँदै आफ्नो अधिकार आफ्नो पहिचानको लागि अगाडि बढ्नु पर्नेमा जोड दिए । उनीहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको समेत वताए ।

समाचार शेयर गर्नुहोस्
617
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.