प्रहरी नायव निरीक्षक गगन गिरीको तेस्रोलिंगीबारेको बुझाई

प्रहरी नायव निरीक्षक गगन गिरीको तेस्रोलिंगीबारेको बुझाई

बसन्ती कडायत/डोटी (पहिचान) असार १ – जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत प्रहरी नायव निरीक्षक गगन गिरी समलिगी तेस्रोलिंगीलाई घृणा र अपहेलना गर्नुपर्ने कुनै कारण नभएको भन्दै पुरातानवादी सोच एकमात्र कारण भएको बताउँछन् । पुरातनवादी सोचबाट हुने हिंसा र अपहेलना एकदिन अन्त्य हुनेमा विश्वस्त छन् सई गिरी ।

नेपाल प्रहरीको सेवामा डोटीको सिलिगढी पुगेका गिरी कैलाली टिकापुरका हुन् । सानै उमेर देखि नै समलिंगी तेस्रोलिंगीबारे बुझेका गिरीका साथिहरु पनि तेस्रोलिंगी छन् । त्यसैले उनलाई तेस्रोलिंगी र अन्य मान्छेमा खास फरक लाग्दैन ।
त्यसैले उनी समिलंगी तेस्रोलिंगीलेका समस्या देख्ने वित्तिकै सहयोग गरि हाल्छन् ।
’तपाईहरु पनि नेपालको एक अंग हो । तपाईहरुको पनि पहिचान अनुसार बाच्न पाउने अधिकार छ,’ नायव निरीक्षक गिरिले भने, ’जनचेतनामूलक कार्यक्रमहरु गर्दै जानुहोस ।’
गिरीले आफ्नो बुझाईसँग नजिकबाट नियालेको तेस्रोलिंगीको समस्या पनि खोतले ।
’सुरु सुरुमा त तपाईहरुले पनि त धेरै समस्या भोग्नु नै भयो होला,’ उनले थपे, ’बिस्तारै समाजले पनि यसलाई नराम्रो रुपमा पक्कै लिदैन । यो बिस्तारै सेटल हुदै जान्छ । बोल्न भन्न अगाडि बढ्न नछोड्नु होस ।’
नायव निरीक्षक गिरीले समलिंगी विवाह यौनिक तथा लौंगिक अल्पसंख्यकको आवस्यकता भएको भन्दै त्यो पनि केही समयपछि अधिकारका रुपमा स्थापित हुने बताए ।
’जो अहिले तपाईहरुको समलिंगी विवाहको माग छ । त्यो माग पुरा अवश्य हुन्छ । यसमा द्वविधा हुनुपर्ने कुनै कुरा छैन,’ गिरीले भने, ’मैले नजिकबाट समलिंगी तेस्रोलिंगीका समस्या नियालेको छु । मेरा तेस्रोेलिंगी साथिहरु पनि धेरै छन । पुरातनवादी सोचले गर्दा मात्र समाजलाई बुझाउन नसकिएको हो, त्यो हुने छ ।’
उनले अन्य देशमा तेस्रोलिंगीले अरुलाई दुरब्यावहार गरेका कारण तेस्रोलिंगीबारेको बुझाई नराम्रो भएको भन्दै कतिपय नेपाली तेस्रोलिंगीले पनि नराम्रो ब्यावहार गर्दा यहाँ पनि तेस्रोलिंगीबारे नराम्रो बुझाई रहेको बताए ।
’अरु देशका र यहाँका पनि कतिपय तेस्रोलिंगीका नराम्रा गतिविधिले अलि फरक नजरले हेरिन्छ । तर अब त्यसलाई परिवर्तन गर्न जरुरी छ,’ सइ गिरीले भने ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.