“यौनिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन युवा पुस्ता जानकार हुनुपर्ने”

“यौनिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन युवा पुस्ता जानकार हुनुपर्ने”

कास्की (पहिचान) असार ४ – शान्तिका लागि साझा अभियान कोक्याप पश्चिमाञ्चल क्षेत्रिय सचिवालयले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन कोक्यापका स्वयंसेवक परिचालन गर्नु पर्नेमा जोड दिएको छ । समलिंगी तेस्रोलिंगीका बिषयमा पोखरामा भएको अन्तरक्रियामा कोक्याप क्षेत्रिय कार्यक्रम अधिकृत पुष्पराज कोइरालाले समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न युवा पुस्ता जानकार हुनु पर्ने वताए ।

उनले कोक्यापका स्वयंसेवकहरु मार्फत आफ्ना घर, समाज र राज्यसम्म यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारबारे चेतना फैलाउनु पर्नेमा जोड दिए । परिवर्तन नेपालकी कार्यक्रम संयोजक विंन्दीया गौतमले समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीको अभियान अझै चुनौतीमै रहेको वताइन । उनले पहिचान सहितको सफलता लिएर समाजमा सघर्ष गर्ने वतावरण अझै नबनेको वताइन ।

गौतमले समलिंगी तेस्रोलिंगीलाई समाजले हेर्ने दृष्टिकोण, यस समुदायले दैनिक जीवन यापनमा भोग्नुपरेको समस्या सुनाइन । सञ्चारकर्मी विपना पनेरुले पहिचान रेडियो मार्फत गरेको कार्यक्रमले शहरी तथा ग्रामीण क्षेत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे सकारात्मक प्रभाव पारेको वताइन ।

कार्यक्रममा सहभागीहरुका तर्फबाट कोक्यापका स्वंयसेवकहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय माथि हेर्ने दृष्टिकोणमा सकारात्मक प्रभाव पारेको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.