निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यौनिक अल्पसंख्यकलाई सामाजिक मुल धारमा ल्याउने जनप्रतिनिधिहरुको प्रतिवद्धता

यौनिक अल्पसंख्यकलाई सामाजिक मुल धारमा ल्याउने जनप्रतिनिधिहरुको प्रतिवद्धता

732
SHARES

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) असार ५ – मकवानपुरका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सामाजिक मुल धारमा ल्याउने प्रतिवद्धता जनाएका छन् । फ्रेण्ड्स हेटौडाको आयोजना तथा जिल्ला समन्वय समिति मकवानपुरको आर्थिक सहयोगमा भएको अन्तरक्रिया कार्यक्रममा पिप्ले टोल विकास संस्था पिप्ले र मिलन चोक टोल विकास संस्था कमानेका प्रमुख तथा प्रतिनिधिहरुले सामाजिक मुलधारमा ल्याउने प्रतिवद्धता जनाएका हुन् ।

उनीहरुले समलिंगी तेस्रोलिंगीबारे खुलेर बुझ्न पाएको वताउँदै यस्ता कार्यक्रमले समाज परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याउने वताए । यसको सुरुवात आफैबाट गर्ने प्रतिवद्धता समेत उनीहरुले जनाए । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय प्रति हुने लाञ्छना तथा भेदभाव न्युनिकरण बिषयको कार्यक्रममा फ्रेण्ड्स हेटौडाका कार्यक्रम संयोजक सुरज थापाले समाजका प्रतिनिधिहरुलाई समलिंगी तेस्रोलिंगी सम्बन्धि जानकारी प्रदान गरि यस वर्गप्रति सकारात्मक विचार र समान व्यवहारको लागि उत्प्रेरित गर्नु साथै आफ्नो परिवार तथा समाजमा भएका त्यस्ता खालका व्यक्तिहरुलाई सामाजिक मुल धारमा ल्याउन सहयोग गर्नुपर्ने वताए ।

यसै अनुरुप समाजमा महिला र पुरुष भन्दा अलि भिन्न पहिचान बोकेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले समाजमा विभेद खेप्दै आईरहेकोले यस्ता कृयाकलाप अन्त्य हुनुपर्नेमा मानव अधिकारकर्मी सुमित पौडेलले वताए । कार्यक्रममा धेरैको तेस्रोलिंगी प्रति गलत विचार रहेको र समाजमा कुनै न कुनै घर परिवारहरुमा यस किसिमको व्यक्तिहरु हुने गरेको र खुलेर आउदा परिवार आफ्ना आफन्तबाट यातना खेप्नु परेको जानकारी गराएका थिए ।

समाचार शेयर गर्नुहोस्
732
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.