निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

६ महिनामा २० जना तेस्रोलिंगी सम्पर्कमा

६ महिनामा २० जना तेस्रोलिंगी सम्पर्कमा

574
SHARES

कैलाली (पहिचान) असार १४ – तेस्रोलिंगी अधिकारकर्मी विवेक सिंहले कैलालीमा ६ महिनामा २० जना यौनिक तथा लैंगिक  अल्पसंख्यक समुदायका ब्यक्ति आफ्नो सम्पर्कमा आउने गरेको बताएका छन् । “प्रत्येक ६/७ महिनामा करिब २० जनाको संख्यामा समलिंगी तेस्रोलिंगी मेरो सम्पर्कमा आउनु हुन्छ,” अधिकारकर्मी सिंह भन्छन्, “तर सबै आफ्नो परिचय सबैसामु खुलाउनु हुन्न ।”

समाजले अझै पनि समलिंगी तेस्रोलिंगीलाई महिला पुरुष सरह समान ब्यवहार नगरेका कारण आफ्नो सम्पर्कमा आए पनि खुल्न भने नचाहने गरेको सिंह बताउँछन् । “उहाँहरु आफ्नो पहिचान अनुसार खुल्न त चहानुहुन्छ । तर आफ्नै परिवारको साथ नपाएपछि हामीसँग आएर आफ्नो मनको कुरा गर्नुहुन्छ, समस्याबारे बताउँनुहुन्छ । तर खुल्दा झनै समस्या पर्ने भएकाले खुल्न भने चहानुहुन्न,” सिंहले भने ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे बुझेका व्यक्तिले समलिंगी तेस्रोलिंगीलाई सहयोग गर्नुपर्नेमा उनको जोड छ । “हामीलाई जसले बुझेको छ । उसले समाजलाई पनि यिनीहरु महिला पुरुष जस्तै हुन्, विभेद गर्नु हुँदैन भनेर बुझाइदिनुपर्ने आवश्यकता छ,” सिंहले भने, “जुन संस्था र व्यक्तिले यौनिक तथा लैंगिक अल्पसंख्यकबारे बुझेको छ । उनीहरुको पक्षमा वकालत गरिदिनुपर्ने देखिन्छ । हैन भने अझै पनि यो समस्या समाजमा रहिरहन्छ ।”

समाचार शेयर गर्नुहोस्
574
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.