यौनिक अल्पसंख्यकको अधिकार स्थापित गराउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ : तारा शर्मा

यौनिक अल्पसंख्यकको अधिकार स्थापित गराउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ : तारा शर्मा

803
SHARES

काठमाडौं (पहिचान) असार १५  – नेपाल बिद्यार्थी संघका नेता तारा शर्माले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार समाजमा स्थापित गराउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने वताएका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले यो समुदायको मुद्धा समाजमा स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने शर्माको भनाई छ ।

पहिचानसँगको कुराकानीमा नेता शर्माले संविधानमा लेखिएको अधिकार कार्यान्वयन गर्न र समलिंगी तेस्रोलिंगी माथि समाजमा रहेको भ्रम हटाउन निर्वाचित प्रतिनिधिको भूमिका हुनु पर्ने वताए । जनप्रतिनिधिले समलिंगी तेस्रोलिंगी माथि हुने विभेद दुरव्यवहार अन्त्य गर्न भूमिका नखेले नेविसंघ खवरदारीमा उत्रन तयार रहेको शर्माको भनाई छ । “नेविसंघ सुरु देखिनै समलिंगी तेस्रोलिंगी प्रति समान व्यवहार गर्ने संगठन हो उनले भने, उनीहरु माथि हुने विभेद दुरव्यवहार विरुद्ध आवाज उठाउन हामी कुनै कन्जुस्याई गर्दैैनौ ।”

समलिंगी तेस्रोलिंगी यही समाजका नागरिक भएकाले फरक व्यवहार गर्न नहुनेमा शर्माले जोड दिए । उनले समाजमा रहेको भ्रम हटाउन आफु पनि अगाडी आउनु पर्ने वताए । “आफ्नो अधिकारका लागि आफू पनि अगाडी आउनु पर्छ शर्माले भने, अगाडी आएपछि पनि विभेद दुरव्यवहार हुन्छ भनेर लुकेर बस्न हुँदैन ।”

उनले समलिंगी विवाहलाई मान्यता दिनुपर्नेमा जोड दिए । “महिला पुरुष सरह समलिंगी तेस्रोलिंगीले पनि विवाह गरेर बस्न पाउनु पर्छ शर्माले भने, विश्वका कतिपय देशले मान्यता दिइसकेको समलिंगी विवाहलाई नेपालले मान्यता दिन ढिला गर्न हुँदैन ।” उनले स्वतन्त्र पूर्वक समलिंगी तेस्रोलिंगीलाई विवाह गर्न पाउने गरी कानुन निर्माण हुनुपर्ने वताए ।

समाचार शेयर गर्नुहोस्
803
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.