जर्मनीमा समलिंगी विवाहलाई कानुनी मान्यता

जर्मनीमा समलिंगी विवाहलाई कानुनी मान्यता

काठमाडौं (पहिचान) असार १६ – जर्मनीमा समलिंगीबीचको विवाहले कानुनी मान्यता पाएको छ । संसदमा पेश भएको समलिंगी विवाहसम्बन्धि बिधयेक स्पष्ट बहुमतले पारित भएको हो । बिधयेकको पक्षमा ३ सय ९३ र बिपक्षमा २ सय २६ मत खसेको बिबिसीले जनाएको छ ।

जर्मन सांसदहरुले बामपन्थी पार्टीको सराहना गर्दै समलिंगी विवाहको बिधयेकको पक्षमा भोट दिएको बताएको समाचारमा उल्लेख छ । तर उनीहरुले जर्मन चान्सलर एंगेला मर्केल र सत्तारुढ दललाई रुढीवादी भन्दै आलोचना गरेका छन् ।

क्याथोलिक चर्चका पादरीका सुपुत्री रहेकी चान्सलर मर्केलले रुढीवादी चिन्तनमा परेर समलिंगी विवाहको बिपक्षमा मतदान गरेको भन्दै आलोचना भएको हो । बिधयेक पास भएपछि जर्मनीमा समलिंगी जोडीले खुशीयाली मनाईरहेका छन् ।

फ्रान्स, ब्रिटेन, स्पेन सहित अन्य केहि युरोपियन मुलुकले यसअघिनै समलिंगी विवाहलाई कानुनी मान्यता दिईसकेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.