पहिलो समलिंगी निर्देशक शेर्पाको निधन

पहिलो समलिंगी निर्देशक शेर्पाको निधन

706
SHARES

काठमाडौं (पहिचान) असार १९ – नेपालकी पहिलो समलिंगी निर्देशक निलु डोल्मा शेर्पाको निधन भएको छ । सन् २०१६ मा रिलिज भएको फिल्म ‘हाउ फन्नी’ की निर्देशक शेर्पाको शनिबार शिक्षण अस्पताल महाराजगञ्जमा हृदयघातका कारण निधन भएको हो । पुन्टे परेडमा अभिनय गरेकी उनी नेपालकी पहिलो समलिंगी निर्देशक हुन् ।

उनको पार्थिव शरिरलाई महाराजगंजस्थित शिक्षण अस्पतालमा राखिएको छ । उनी अर्को एक नयाँ सिनेमाको निर्माणमा जुटेकी थिइन् र चाँडै घोषणा हुने तयारी थियो । शेर्पाको निधन प्रति नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले दुख व्यक्त गरेकी छन् ।

सामाजिक संजाल फेसवुक मार्फत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मातृ संस्था समाजकी अध्यक्ष गुरुङले अती मिलनसार सालिन नेपाली चलचित्र जगतको होनाहार बहुप्रतिभाशाली निर्देशक शेर्पाको निधन भएको भन्दै दुख व्यक्त गरेकी हुन् । निलु डोल्मा शेर्पाको अल्पआयुमै भएको असामयिक निधनले पुरै नेपाली चलचित्र जगतमै मात्र नभई यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआइ) को अभियानको क्षेत्रमा ठुलो क्षती पुगेको अध्यक्ष गुरुङले उल्लेख गरेकी छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक परिवारको तर्फबाट अध्यक्ष गुरुङले निलुको आत्माको चिरशान्तिको कामना गर्दै निलुको परिवारलाई ईश्वरले धैर्य धारण गर्ने शक्ती प्रदान गरोस भनेकी छन् ।

समाचार शेयर गर्नुहोस्
706
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.