कलाकार रविन लामिछानेको समूहलाई राष्ट्रव्यापी खुल्ला दोहोरीगीत प्रतियोगिताको उपाधी, श्याम रानाले नेतृत्व गरेको नील हिरा समाजको समूह तेस्रो हुन सफल

कलाकार रविन लामिछानेको समूहलाई राष्ट्रव्यापी खुल्ला दोहोरीगीत प्रतियोगिताको उपाधी, श्याम रानाले नेतृत्व गरेको नील हिरा समाजको समूह तेस्रो हुन सफल

686
SHARES

काठमाडौं (पहिचान) असार २२ – “देश विकासमा अगाडी सर्छौ अवसर पाए हाम्ले नि केही गर्छौ ….तिमी र म सँगै भइ जाम्ला नबुझ्नेलाई पिर नलेउ बुझाउँला” यो राष्ट्रव्यापी खुल्ला दोहोरीगीत प्रतियोगितामा नील हिरा समाजको समूहले गाएको गीतको अन्तिम टुक्का हो । समलिंगी तेस्रोलिंगीबारे चेतना जगाउने गीत गाउँदै थिए ‘खोइ त मलाई अधिकार नयाँ नेपालमा’ बोलको गीतका गायक श्याम राना मगर ।

यो गीत सकिएसँगै सांस्कृतिक संस्थानका बरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता आयोजक समितिका संयोजक रमेश विजीले समलिंगी तेस्रोलिंगीलाई घृणाको दृष्टिले नहेर्न आग्रह गरे । “इश्वरका सृष्टि नागरिक भएर पृथ्वीमा आएपछि हामी सबै समान हौ विजीले भने, अहिले समलिंगी तेस्रोलिंगीलाई सम्मान हुन थालेको छ ।”  उनले समलिंगी तेस्रोलिंगीलाई विभेद हुनु मानवजातिका लागि सह्य नहुने वताए । यति भनेर उनले राजु केसी र बबिता बानियालाई गीत गाउन अनुरोध गरे ।

तीन दिनदेखि चलेको प्रतिष्पर्धात्मक दोहोरी गीत प्रतियोगितामा १ हजार ८२ दशमलव ५ अंक ल्याएर रविन लामिछानेले नेतृत्व गरेको राष्ट्रिय लोकदोहोरी उपत्यका समन्वय समिति पहिलो बन्न सफल भएको छ । समितिले १ लाख नगद पुरस्कार सहित सम्मान तथा प्रमाणपत्र पाएको छ ।

यस्तै भिम पौडेलले नेतृत्व गरेको न्यू गोधुली १ हजार ७६ दशमलव ५ अंक ल्याएर दोस्रो भएको छ । न्यू गोधुलीले ५० हजार नगद सहित सम्मान तथा प्रमाण पत्र प्राप्त गरेको छ ।

यस्तै श्याम रानाले नेतृत्व गरेको नील हिरा समाजको समूह तेस्रो स्थान लिन सफल भएको छ । देशभरका १७ प्रतिष्पर्धी मध्ये तेस्रो हुन सफल समूहले २५ हजार रुपैयाँ नगद सहित सम्मान र प्रमाणपत्र पाएको छ । समूहमा राना सहित शंकर क्षेत्री, बबिता बाँनिया जेरी र मैया थापा मगर थिए ।

तेस्रो स्थान भएको नील हिरा समाजको समूहले ८ सय ७५ अंक ल्याएको थियो भने सान्त्वना पुरस्कार पाएको न्यू डाँफेले ८ सय ७२ अंक पाएको छ ।

समाचार शेयर गर्नुहोस्
686
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.