‘यौनिक अल्पसंख्यकलाई चलचित्रमा सकारात्मक रुपमा चित्रित गर्नुपर्छ’

‘यौनिक अल्पसंख्यकलाई चलचित्रमा सकारात्मक रुपमा चित्रित गर्नुपर्छ’

845
SHARES

काठमाडौं (पहिचान) असार २३ – नव नायक विश्व शर्माले समलिंगी तेस्रोलिंगीलाई चलचित्रमा नकारात्मक रुपमा चित्रित गर्न नहुने बताएका छन् । रेडियो कार्यक्रम पहिचानसँग कुराकानी गर्दै उनले समलिंगी तेस्रोलिंगीको भावना पनि महिला पुरुष सरह समान रहेकाले उनीहरुलाई पनि चलचित्रमा महिला पुरुष सरह नै चित्रित गरिनुपर्ने बताए ।

“सबै व्यक्ति समान हुन् । मानव अधिकारको दृष्टिकोणकाट हेर्दा त झनै सबै समान हुन् । त्यसैले कसैले कसैलाई पनि विभेद र अपमान गर्नु हुँदैन,” समलिंगी तेस्रोलिंगीलाई फरक तरिकाले प्रस्तुत गरिनु हुँदैन ।”
अधिकारको हिसावले महिला पुरुष सरह समलिंगी तेस्रोलिंगीको पनि हक रहेको भन्दै शर्माले आफू जस्तै सबैलाई ठान्न र त्यही अनुसारको ब्यवहार गर्न पनि आग्रह गरे ।
विकसित मुलुकमा समलिंगी तेस्रोलिंगीलाई सहज रुपमा लिने गरेको भन्दै उनले नेपालमा पनि त्यस्तै अवस्था सिर्जना हुनु पर्नेमा जोड दिए ।
“पहिचान फरक भएकै कारण अन्त यो समुदायलाई विभेद हुँदैन । अमेरिका लगायतका कतिपय देशमा यो समुदायलाई महिला पुरुष सरह नै समान व्यवहार गरेको मैले देखेको छु,” शर्मा भन्छन्, “हलिउड मुभीमा नेपालमा जस्तो फरक तरिकाले प्रस्तुती गर्ने गरेको छैन । यहाँ पनि त्यस्तो वातावरण बन्दै जानुपर्छ ।”
नेपाली चलचित्रमा पनि विस्तारै यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय समावेश हुन थालेको भन्दै उनले भने, “पछिल्लो समय नेपाली चलचित्रमा पनि यो समुदायका विषय सकारात्मक रुपमा समावेश गर्न थालेको मैले देखेको छु । भर्खरै प्रदर्शन भएको चलचित्र ‘आधा लभ’ मा पनि समलिंगी सम्बन्धलाई सकारात्मक रुपमा प्रस्तुत गरिएको छ । यो सकारात्मक पक्ष हो । आशा गरौं अब विस्तारै सबै चलचित्रमा यस्तो राम्रा पक्षहरु समावेश हुन्छन् ।”
शर्मा नेपाली कथानक चलचित्र ‘रुद्र’ का नायक हुन् । उनी यो चलचित्रमा नायक निखिल उप्रेती सँगै देखिने छन् ।

समाचार शेयर गर्नुहोस्
845
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.