निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अधिकार प्राप्तिको अभियानमा हरेस नखानु, सकेको सहयोग हुन्छ : अध्यक्ष गुरुङ

अधिकार प्राप्तिको अभियानमा हरेस नखानु, सकेको सहयोग हुन्छ : अध्यक्ष गुरुङ

906
SHARES

बसन्ती कडायत/डोटी (पहिचान) असार ३० – नील हिरा समाजको शाखा कार्यालय डोटीमा यौनिक तथा लैंगिक अल्पसख्यकको कार्य समिति गठन भएको छ । नारद गिरीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा बसन्ती कडायत, सचिवमा सुरेन्द्र कठायत, कोषाध्यक्षमा संजय ठगुन्ना रहेका छन् ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल र तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठको संयोजनमा गठन गएको समितिमा करण खड्का, भिम खड्का, टेक ओली, जय नेपाली लगायत सदस्य रहेका छन् । केही समय अघि मात्रै समाजको शाखा गठन भएको डोटीमा पुगेका गुरुङ, ढकाल र श्रेष्ठलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले स्वागत सहित सम्मान गरेका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले नील हिरा समाजको शाखा कार्यालय डोटीमा थप कार्यक्रम उपलव्ध गरादिन केन्द्रीय कार्यालयसँग अनुरोध समेत गरेका छन् । उनीहरुले कार्यक्रम संचालन भएकै कारण समाजमा हिडडुल गर्न निकै सजिलो भएको वताए । “हिजो हेर्ने दृष्टिकोण र आज हेर्ने दृष्टिकोणमा निकै भिन्नता आएको छ उनीहरुले भने, आगामी दिनमा यस्कै कार्यक्रम थप गरिदिन अनुरोध गर्छौ ।”

समितिका अध्यक्ष नारद गिरीले आफु तेस्रोलिंगी भएकै कारण समाजले विभेद गर्दै आएको गुनासो गरे । “म सानो उमेरमा नै खुलेर आएको हुँ उनले भने, मलाई तेस्रोलिंगीकोबारेमा बोल्न कुनै हिचकिचाहट छैन ।” समितिको अध्यक्ष चयन गरिदिएकोमा उनले नील हिरा समाजलाई धन्यवाद दिदै आगामी दिनहरुमा आउने चुनौतिको समाना गर्न तयार रहेको वताए । “आफ्नो अधिकारको लागि आफै अगाडी आउनु पर्छ र समाज संग डराएर आफ्नो पहिचान लुकाएर नबसौ उनले भने, हाम्रो अधिकारको लागि लागि परौ, हामी जस्ता सन्ततीलाई सजिलो बनाउँ ।”

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले आफ्नो तर्फबाट सम्पुर्ण सहयोग गर्न तयार रहेको बताइन । अध्यक्ष गुरुङले भनिन, सुरु सुरुमा सबै जिल्लामा गाह्रो नै हुन्छ, त्यसमा हरेस खानु पर्ने कुनै कारण छैन ।

समाचार शेयर गर्नुहोस्
906
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.