यौनिक अल्पसंंख्यकलाई लैंगिकताको दृष्टिले मात्रै हेर्न हुँदैन : गिरी 

यौनिक अल्पसंंख्यकलाई लैंगिकताको दृष्टिले मात्रै हेर्न हुँदैन : गिरी 

680
SHARES

बिनोद वि.सी./रुपन्देही (पहिचान) साउन ३ – स्ट्याण्डर चाटर्ड बैंक बुटवल ब्रान्चका म्यानेजर लक्ष्मण गिरीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हरेक निकायमा पहुँच हुनुपर्ने बताएका छन् । 

नील हिरा समाज भैरहवाले आयोजना गरेको अन्तरकृया कार्यक्रममा गिरीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई लैंगिकताको दृष्टीले मात्र नहेरी अन्य मानव सरह सरकारी तथा गैरसरकारी कार्यलय र बैंक बित्तीय संस्थामा सहभागी गराउनुपर्ने बताए ।

‘लैंगिकताको दृष्टीले मात्र हेर्ने हो भने नेपालका समलिंगी तेस्रोलिंगीहरुको आफ्नो पहिचानमा गर्वले बाँच्न पाउने अधिकारबाट बन्चित हुनसक्छन्,’ गिरीले भने, ‘फेरी यो समुदायको स्थिति २००१ भन्दा पहिलेको जस्तो खतरामा पर्न सक्छ ।’

उनले नेपालको संविधानले नैं सैबोधन गरेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारलाई आनाकानी नगरेर सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने बताए । स्ट्याण्डर चाटर्ड बैंकलाई मात्र नभएर नेपालका हरेक बैंक बित्तीय संस्था, स्कूल, कलेज, बिभिन्न संघ संस्थाहरुलाई यस्ता किसिमका अन्तरकृया कार्यक्रम निरन्तर गर्न पनि उनले सुझाव दिए ।

समाचार शेयर गर्नुहोस्
680
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.