प्रहरीसँग समलिंगी तेस्रोलिंगीको मानवअधिकार अन्तरक्रिया

प्रहरीसँग समलिंगी तेस्रोलिंगीको मानवअधिकार अन्तरक्रिया

सप्तरी (पहिचान) साउन ३ – यौनिक तथा लैंगिक अल्पसंख्य समुदायले प्रहरीसँग मानवअधिकार अन्तक्र्रिया गरेको छ । सप्तरी सदरमुकाम राजविराजस्थित आइ–गार्डेन रेष्टुरेन्टमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी यादवराज उप्रेतीको नेतृत्वमा ४० जना प्रहरी सहभागि भए । नील हिरा समाज काठमाडौंको आयोजना र सहयोगी समाज राजविराजको संयोजनमा भएको कार्यक्रममा नेपाल प्रहरी मानवअधिकार रक्षक तथा समलिंगी तेस्रोलिंगी समुदायका मानिसहरु एकसाथ सहभागि भए ।
कार्यक्रममा डिएसपी उप्रेतीले नेपाल प्रहरीको मानव अधिकार प्रतिबद्धता र उसले मानव अधिकारका क्षेत्रमा गर्ने कामको विषय समेटेर प्रस्तुतीकरण नैं दिएका थिए ।
‘समलिंगी तेस्रोलिंगीले पाएका संवैधानिक अधिकारका विषयमा हामीले प्रस्टसँग बुझेका थिएनौं, आधाघण्टाको मानव अधिकार र नेपाल प्रहरीको प्रतिबद्धताका विषयमा प्रस्तुतीकरणपछि डिएसपी उप्रेतीले भने, ‘नेपाल प्रहरीको हिरासत पनि पुरुष र महिलाको लागि मात्र थियो । अव हामी सोच्छौं ।समलिंगी तेस्रोलिंगीलाई के गर्न सकिन्छ भनेर ।’

उनले प्रहरी भनेको मानवअधिकार रक्षक भएको भन्दै प्रहरीले मानव अधिकारको सम्मान मात्र नभएर रक्षा समेत गर्नुपर्ने बताए । डिएसपीको प्रस्तुतीकरण नेपाल प्रहरीका इस्पेक्टर देखि तलका सकल दर्जाका ४० प्रहरीले ध्यानपूर्वक सुनेका थिए ।
कार्यक्रममा इन्सेकका प्रतिनिधि मनोहरकुमार पोखरेलले छ महिना यताका मानवअधिकार उलंघनका घट्ना प्रस्तुत गर्दै धेरै तेस्रोलिंगी विरुद्धका घट्ना भएको बताएका थिए ।
नील हिरा समाजको दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्माले ‘सेक्स, जेण्डर र सेक्सुवालिटी’का विषयमा जानकारी दिदैं यौनिकतालाई बाहिरबाट हेर्ने नजर र वास्तविकताका विषयमा जानकारी गाराएका थिए ।
कार्यक्रममा समलिंगी तेस्रोलिंगी समुदायका तर्फबाट रामप्रकाश चौंधरी र उमेश चौधरीले समुदायको भएकै कारण भोग्नुपरेका घृणा तिरस्कार र लान्छनाका विषयमा अनुभव सुनाएका थिए ।
नील हिरा समाज अन्तर्गतको ग्लोवल फण्ड, सेभ द चिल्ड्रेन र एमएसएम ग्राण्ट अन्तर्गत प्रहरीसँग मानव अधिकार अन्तरक्रिया गरिएको हो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.