विभेदको अन्त्य गर्नुछ भने तेस्रोलिंगीमाथिको विभेद पनि त अन्त्य गर्नुपर्यो : श्रीमाया

विभेदको अन्त्य गर्नुछ भने तेस्रोलिंगीमाथिको विभेद पनि त अन्त्य गर्नुपर्यो : श्रीमाया

884
SHARES

काठमाडौं (पहिचान) साउन १६ – सांसद श्रीमाया थकालीले विभेद अन्त्यका लागि समलिंगी तेस्रोलिंगी माथिको विभेद पनि अन्त्य गर्ने बताएकी छन् । पहिचानसँगको कुराकानीमा नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने सांसद थकालीले विभेद कसैमाथिको पनि उचित नहुने भन्दै समलिंगी तेस्रोलिंगी माथिको विभेद पनि मान्य नहुने बताइन् ।
‘जव हामी हिंसा विरुद्धको लडाईमा छौं भने कुनै विभेद ठिक कुनै वेठिक भन्नु नैं विभेद अन्त्य हुन नदिनु हो,’ श्रीमायाले भनिन्, ‘महिलामाथि हुने, आदिवासि जनजाति माथि हुने विभेद होस वा समलिंगी तेस्रोलंगी वा अरु कोहि माथिको विभेद, त्यो मान्य हुँदैन ।’ श्रीमायाले सबैमाथिका विभेदको अन्त्य गर्न सके मात्र विभेदमुक्त समाजको निमार्ण हुने बताईन् ।
उनले महिला आन्दोलन लामो समय देखि जारी रहेर पनि ०६२/६३ मा आएर मात्र सार्थक बाटोमा अघि बढेको भन्दै २०६२/६३ बाट बाहिर आएका समलिंगी तेस्रोलिंगीका अधिकार केही समयमै स्थापित भएको बताइन् । ‘मलाई पनि पहिले उहाँहरुको बारेमा थाहा थिएन, पहिला संविधानसभा देखि उहाँहरुका कुरा जवर्जस्त रुपमा बाहिर आएको थियो,’ श्रीमायाले भनिन्, ‘जव म ७० को संविधानसभाबाट आए, त्यसपछि उहाँहरुका समस्या बुझ्न पाए । उहाँहरु धेरै नै समस्यामा हुनुहुदो रहेछ ।’
उनले सरकारले संविधान अनुसार बनाउनुपर्ने नयाँ कानुन प्राथमिकीकरण नगर्दा कानुन लथालिंग भएको बताइन् । समलिंगी विवाहसम्बन्धि कानुन पनि सरकारकै उदासिनाताका कारण ढिला भइरहेको उनको भनाई छ ।

समाचार शेयर गर्नुहोस्
884
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.