समलिंगी जोडी शाही र योगीले विवाह दर्ता गरेपछि यसरी साटे खुशी

समलिंगी जोडी शाही र योगीले विवाह दर्ता गरेपछि यसरी साटे खुशी

691
SHARES

काठमाडौं (पहिचान) साउन २१ – गत बैशाख २४ गते समलिंगी विवाह गरेकी मोनिका शाहीले हजारौ संख्यामा रहेका तेस्रोलिंगीहरुले सम्मानजनक जीवन जिउन पाउनुपर्ने बताएकी छन् । डडेल्धुरा स्थायी घर भएका रमेशनाथ योगीसँग विवाह गरेर श्रीमतीको नाता प्रमाणित भएपछि रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले तेस्रोलिंगीहरुले मुलुकमा सम्मानजनक तरिकाले बाँच्न पाउनुपर्ने बताएकी हुन् ।

‘नेपालमा तेस्रोलिंगीहरुलाई मान्छेको रुपमा गनिएको छैन, हामी यो कुरालाई कदापि मान्न सक्दैनौं, अब पनि यस्तो खाले अन्याय हुन्छ भने हामी यसलाई देशव्यापी रुपमा चिर्नको लागि तयार भैसकेका छौं, उनले भनिन यसको ज्वलन्त उदाहरण हामी समलिंगीबीच भएको विवाह हो, अनि सरकारले हामीलाई विवाह दर्ताको प्रमाणपत्र समेत दिईसकेको छ ।’

उनले आफूहरुको जोडीले विवाह गरेर यस्तो प्रमाणपत्र हाँसिल गरिसकेपछि यो दक्षिण एशियाकै नमूना कार्य भएको समेत दाबी गरिन् । त्यस्तै कार्यक्रममा शाहीका पति योगीले मोनिकाजस्तो महिला यो समाजमा आवश्यक रहेको बताउँदै भने, ‘हामी समलिंगी हौं, अहिले हामीवीच वैवाहिक सम्बन्ध गाँसिएको छ, सरकारले हामीलई विवाह दर्ताको प्रमाणपत्र समेत दिईसकेको छ, यसले हामीलाई निकै खुशी तुल्याएको छ, किनकी नेपालमा समलिंगीहरुको पहिलो विवाह हो ।’

कार्यक्रममा समिपा शाहले नेपालमा अन्तरजातीय विवाह गर्दा त समाजले स्विकार नगर्ने बरु उल्टै धम्क्याउने परिवेशमा योगी र शाहीले गरेको काम अनुकरणीय भएको बताईन् ।

समाचार शेयर गर्नुहोस्
691
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.