समलिंगी तेस्रोलिंगीलाई विभेद गर्नु हुँदैन : गायिका अधिकारी

समलिंगी तेस्रोलिंगीलाई विभेद गर्नु हुँदैन : गायिका अधिकारी

762
SHARES

काठमाडौं (पहिचान) साउन २७ – गायिका शिर्जु अधिकारीले समलिंगी तेस्रोलिंगीलाई विभेद गर्न नहुनेमा जोड दिएकी छन् । समलिंगी तेस्रोलिंगी पनि महिला पुरुष सरह समान भएको भन्दै उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई बिभेद गर्न नहुनेमा जोड दिएकी हुन् ।

उनले समलिंगी तेस्रोलिंगीका मुद्दालाई सबैले उठाउनुपर्ने पनि बताइन् । पछि परेको समुदायको अधिकार र समानताका लागि सबैले सहयोग गर्नु पर्नेमा उनको जोड छ ।
समलिंगी तेस्रोलिंगीका विषय गीत संगीतमा पनि समावेश हुनुपर्नेमा जोड दिदै उनले भनिन्, गीत भनेको समाजको प्रतिविम्ब हो । यसमा सबैका विषय समावेश हुनु आवश्यक छ ।
मायाँ प्रेमका विषय मात्रै गीतसंगीतमा समावेश हुने भन्दै उनले महिला तथा अन्य केही समुदायका मुद्दा गीतमा समावेश भए पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषय समावेश हुन नसकेको बताइन् ।
कलाकारहरु व्यवसायिक हुँदै गएकाले पनि यस्ता विषय ओझेलमा परेको उनको बुझाइ छ । सायद मायाँ प्रेमका विषय जति रुचाइन्छ त्यस्तै यो विषय पनि रुचाइने भएको भए समलिंगी तेस्रोलिंगीका विषय पनि गीतमा समावेश हुन्थे होला, गायिका अधिकारीले भनिन्, अब यो विषय समावेश गर्न सरोकारवाला पक्षले पनि सहयोग गर्नुपर्छ । यही समुदायले पनि चासो देखाउनुपर्छ ।
एउटै गीत निकाल्न मोटो रकम लाग्ने भएकाले त्यसको रिटन्र्स सुरक्षित नहुने डरले पनि उत्पिडित, सिमान्तकृत तथा यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका विषय गीतमा समावेश नहुने अधिकारीले बताइन् ।

समाचार शेयर गर्नुहोस्
762
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.