अष्ट्रेलियामा समलिंगी विवाहको समर्थनमा बहुमत मतदान

अष्ट्रेलियामा समलिंगी विवाहको समर्थनमा बहुमत मतदान

काठमाडौं (पहिचान) कार्तिक २९ – अष्ट्रेलियामा समलिंगी विवाहले कानुनी मान्यता पाउने बाटो खुल्ला भएको छ । समलिंगी विवाहको पक्षमा ६१ दशमलव ६ प्रतिशत मानिसले मतदान गरेसँगै कानुनी मान्यता पाउने पक्का भएको हो ।

अष्ट्रेलियाको तथ्याङ्क विभागका अनुसार गैरबाध्यकारी यो मत सर्वेक्षणमा १ करोड २७ लाख मानिस स्वस्फुर्त सहभागी थिए । यसअघि अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले मतपरिणाम पक्षमा आए यस वर्षको अन्त्यसम्ममा समलिंगी विवाहलाई कानुनी मान्यता दिने बताएका थिए ।

प्रधानमन्त्री टर्नबुल समलिंगी विवाहका समर्थक रहेपनि यस विषयमा संसदमा भने सरकारको मत विभाजित भएको थियो । मत परिणामपछि प्रधानमन्त्री टर्नबुलले न्यायको पक्षमा मत आएको प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ ।

अष्ट्रेलियालाई उदारवादी देश मानिन्छ तर सन् २००४ मा त्यहाँ विवाहसम्बन्धी कानुनलाई संसोधन गरी समलिंगी विवाहमाथि प्रतिबन्ध लगाइएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.