‘पहिला डर लाग्थ्यो, अहिले माया लाग्छ’

‘पहिला डर लाग्थ्यो, अहिले माया लाग्छ’

राज चौधरी/कैलाली (पहिचान) मंसिर ४ – शैलेश्वरी महिला समुहका अध्यक्ष बसन्ती जोशीलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति देख्दा पहिले डर लाग्थ्यो । यी कस्ता व्यक्ति हुन् र के होलान् भन्ने लाग्थ्यो तर अहिले यो समुदायको लागि समाज घरपरिवारसंग लड्दै यसै समुदायसंगै हातोमालो गरिरहेकी छन् ।

“अहिले म यो समुदायका बारेमा अरुलाई जानकारी गराई रहेको छु । अहिले समलिंगी तेस्रोलिंगीको माया लाग्छ,” उनले भनिन् । जोशीले समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई हेर्ने दृष्टिकोण भने अझै सकारात्मक हुन नसकेको वताइन् ।

“यो समुदायलाई त मान्छे नै नमान्ने, हातपात गर्ने इज्जतै लुट्न खोज्ने जस्ता क्रियाकलापलाई सबै संघ संस्थाहरु मिलेर रोक्नु पर्छ । यो समुदाय पनि मानव हो मानव सरह बाँच्न दिनु पर्छ,” उनले भनिन् ।

घरपरिवार समाजको अगाडि यो समुदायलाई लुक्नु पर्ने कुनै जरुरी नरहेको भन्दै उनले खुलेर आउन अग्रह समेत गरिन् । जोशीले समलिंगी विवाहलाई कानुनी मान्यता दिनु पर्नेमा जोड दिइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.