तेस्रोलिंगी फेसन डिजाइनर एनीको पहिलो बुटिक व्यवसाय

तेस्रोलिंगी फेसन डिजाइनर एनीको पहिलो बुटिक व्यवसाय

अम्बिका दाहाल/काठमाडौं (पहिचान) मंसिर १० – तेस्रोलिंगी फेसन डिजाइनर एनी लामाले बुटिक संचालन गरेकी छन् । हाल फेसन डिजाइन अध्ययन गरिरहेकी लामा आफनै कलेक्सनमा बुटिक व्यवसायमा संलग्न भएकी हुन । नील हिरा समाजले संचालन गरेको मिस पिंक २०१६ को उपाधि हात पारेकी एनीले धेरै अगाडिदेखिको फेसन डिजाइनर बनेर बुटिक संचालन गर्ने चाहना पूरा भएको वताइन ।

फेसन डिजाइनरमा भबिष्य देखेकी लामाले परिवार र लिभिगं टुगेदर बसिरहेका आफना पाटनरको सहयोगमा व्यबसायमा संलग्न भएको बताइन । फेसन डिजाइनमा प्राविधिक शिक्षा तथा व्यवसाय तालिम परिषद्को परिक्षा दिने तयारीमा रहेकी लामाले अरु ११ जना डिजाइनरसँगै बुटिक संचालन गरेकी हुन् । “पुर्णरुपमा डिजाइनर बन्ने सपना छ पहिचानसँगको कुराकानीमा उनले भनिन, त्यो सपना पुरा गर्न धेरै समय लाग्दैन ।”

अहिले महिलाले लगाउने कपडाबाट व्यबसाय सुरु गरेकी एनीले पुरुषका कपडा पनि बिस्तारै राख्ने बताइन । उनले तेस्रोलिंगी महिलाले संचालन गरेको बुटिक अरुले भन्दा फरक नहुने तर फरक पन भने पाइने दावी गरिन । “तेस्रोलिंगीको पहिलो बुटिक हो, यहाँ माग अनुसारका डिजाइन तयार हुन्छन एनीले भनिन्, एक्स्ट्रा डिजाइन खरिद गर्न चाहना राख्नेका लागि यो बुटिक उपयुक्त हुन्छ ।”

उनले आफ्नो बुटिकमा आउन सेवाग्राही सबैलाई आग्रह गरिन । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मातृ संस्था नील हिरा समाजको सहयोगका कारण आफुमा बुटिक संचालन गर्ने साहस बढेको बताउँदै उनलेआफ्नो छुट्टै बुटिक संचालनका लागि समाजले सहयोग गर्ने आशा व्यक्त गरिन ।

लण्डन फेसन हाउसकी संचालिका मनिषा ढंगोल श्रेष्ठले तेस्रोलिंगी एनीलाई बुटिक संचालन गर्न दिदाँ खुशी लागेको वताइन । “मैले बेलायमा नेपाल फेसन हाउस संचालन गरेको छु पहिचानसँगको कुराकानीमा उनले भनिन्, नेपाल प्रतिको मायाले मलाई लण्डन फेसन हाउस संचालन गर्न प्रेरित गरेको छ ।”

उनले फेसन डिजाइन सिकेकाहरुलाई आफुले कमाउने प्लेट फर्म उपलब्ध गराएको वताइन । “एनीलाई बुटिक संचालन गर्ने ठाउँ उपलब्ध गराउन पाउदाँ आत्मसन्तुष्टि छ उनले भनिन, म बाहिर हुर्केकाले पनि होला तेस्रोलिंगीसँग युज टु छु ।”

उनले भाषण र समाज सेवाले मात्रै देश नबन्ने भन्दै देश विकासका लागि रोजगारी नै मुख्य भएको वताइन । गैर आवासिय नेपाली संघ बेलायतकी पूर्व युवा संयोजक समेत रहेकी मनिषाले हातको सीप प्रयोग गरेर क्षमता प्रदर्शन गर्दा तेस्रोलिंगीलाई स्वीकार गर्नेहरु बढ्दै जाने विश्वास व्यक्त गरिन ।

“तेस्रोलिंगी बाहिर खुलेर आउँदा धेरै माया लागेको छ उनले भनिन, बुटिक सिमित छ, डिजाइनर धेरै छन्, एनीको संघर्ष गर्ने बानीले म प्रभावित छु ।” काठमाडौंको सोह्रखुट्टेमा रहेको लण्डन फेसन हाउसमा लेङ्गा, कुर्ता, ब्राइडल लगायतका विभिन्न डिजाइनका कपडा पाइने मनिषाले जानकारी दिइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.