मेरो जीवनको ठुलो भोक भन्नु नै सेवा हो

मेरो जीवनको ठुलो भोक भन्नु नै सेवा हो

आनिक राना/पहिचान – मेरो जीवनको आफनो भोकको बारेमा केही लेख्न मन लाग्यो । म भोको छु समाजमा रहि हरेक किसिमका व्यक्तिहरुको दुखी र पिडित जिन्दगी देखेर । म बिगत २००१ देखि नील हिरा समाजमा काम गर्दै आएको छु । भने बिभिन्न क्षेत्रका मानिसहरु संग काम गर्नु मेरो जिवनको मुख्य उदेश्य रहेको छ र गर्दै आएको छु ।

मेरो जीवनको एउटै लक्ष्य छ कोही पनि एच आइ भि पोजेटिभ बिरामी सेवाबाट बन्चित भएर मर्न नपरोस र सेवाको पहुचबाट टाढा हुनु नपरोस । जीवनमा धेरै भन्दा धेरै एच आइ भि पोजेटिभहरुको सेवा गर्दै आएकी छु । र म बाचुन्जेल गरिनै रहनेछु । यो समाजले अझै पनि एच आइ भि संक्रमितहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन त आएको छैन तर म त्यो दृष्टिकोणलाई परिवर्तन गर्ने कोशिसमा छु ।

म आफु मैनबत्ति हु आफै जलेर अरुलाई उज्यालोमा राख्नु मेरो जीवनको मुख्य उदेश्य हो । त्यसैले म जहा जहिले र जुन कुनै समयमा पनि कसैलाई कुनै गाह्रो परेको छ भने आर्थिक सहयोग म बाट हुन नसके पनि भौतिक सहयोगले राहात दिने काम गर्दै आएको छु । मेरो जीवनका ज्वलन्त उदाहारणहरु जिल्लामा मात्रै नभएर राष्टिय रुपमा नै छन । सायद त्यो बाहिर आउने कोशिसमा छन । तर कुनै गोरेटोको आसमा छन । जो बाहिर आएर देखाउन खोज्दैछन ।

आनिक हु म एउटा तेस्रोलिंगी हु तर पनि समाजमा रहेका हरेक वर्ग जाति धर्म लिंग जाति मेरा लागि बराबर छन त्यसैले मेरो जीवनको ठुलो भोक भन्नु नै सेवा हो र यो भोक मेरो जीवनमा रहि नै रहने छ । अरु कुरा जान्नु वा बुभ्mनु परेमा मलाई फोन गर्न सक्नुहुनेछ र्। Rana{[email protected]}9813590524 म आफु मरेर जान्छु तर म बाचेसम्म अरुलाई बचाएर नै छाडनेछु । यो मेरो जीवनको मुल मन्त्र हो ।
( आनिक राना तेस्रोलिंगी मानवअधिकारकर्मी हुन् । )

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.