समृद्धिको नारा बाबुराम भट्टराईबाट अरु दलले दोहन गरे : पिंकी गुरुङ, नयाँ शक्तिका लागि तेस्रोलिंगी नै भरपर्दा

समृद्धिको नारा बाबुराम भट्टराईबाट अरु दलले दोहन गरे : पिंकी गुरुङ, नयाँ शक्तिका लागि तेस्रोलिंगी नै भरपर्दा

काठमाडौं (पहिचान) मंसिर १३ – नयाँ शक्ति नेपाल पार्टीको सचिवालय सदस्य तथा तेस्रोलिंगी पिंकी गुरुङले समृद्धिको नारा डाक्टर बाबुराम भट्टराईको भएको भन्दै अरु दलले त्यसलाई दोहन गरिरहेको बताएकी छन् । नयाँ शक्ति नेपालले यौनिक तथा लैंगिक अल्पसंख्यकसँग राखेको चुनावी छलफलमा गुरुङले समृद्धिको अभियान बाबुराम भट्टराईले सुरु गरेको भन्दै त्यसलाई प्रयोग गरेर अहिले अन्य दलले भोट मागिरहेको बताइन् ।

’अर्थमन्त्री हुँदा देखि प्रधानमन्त्री हुँदासम्म बाबुराम भट्टराईले समृद्धिको नारा ल्याउनुभएको हो र अभियानसमेत थाल्नुभएको हो, त्यसलाई नयाँ शक्ति निर्माणपछि पार्टीको कार्यक्रममा समेत समेटिएको हो,’ नील हिरा समाजकी अध्यक्षसमेत रहेकी गुरुङले भनिन, ’तर अहिले त्यसलाई सबैजसो दलले दोहन गरिरहेका छन् ।’ उनले यौनिक तथा लैंगिक अल्पसख्यकसहित सबैलाई समानस्तरमा र्पुयाउन नयाँ शक्ति पार्टी सत्तामा पुग्न आवश्यक भएको बताइन् ।

’अन्य दलमा लामो समय देखि आवद्ध भएर पनि अहिलेसम्म राजनीतिको निर्णायक तहमा यौनिक तथा लैंगिक अल्पसख्यक पुग्न सकेका छैनन,’ पिंकीले भनिन, ’नयाँ शक्ति पार्टीले मलाई अन्तरिम केन्द्रीय परिषद देखि नै स्थान दिएको छ र अब बन्ने नयाँ संसदका लागि समेत मलाई समानुपातिक उम्मेदवारको बन्द सूचीमा समेटेको छ ।’ उनले बाबुराम भट्टराई अर्थमन्त्री हुँदा नै यौनिक तथा लैंगिक अल्पसंख्यकका नाममा बजेट छुट्टिएको बताइन् ।

नयाँ शक्तिका लागि तेस्रोलिंगी नै भरपर्दा हुन् : हिसिला यमी

नयाँ सक्ति पार्टीकी विदेश विभाग प्रमुख हिसिला यमीले नयाँ शक्ति पार्टीलाई भरपर्दो साथ तेस्रोलिंगीले मात्र दिएको बताइन । नेतृ यमीले पुरुष र महिलाहरुले नयाँ सक्ति पार्टी छोड्दा पनि तेस्रोलिंगी पार्टी नछोडेको बताइन् ।

यमीले नयाँ शक्ति निर्माणयमा तेस्रोलिंगीसमुदायको महत्वपूर्ण योगदान रहेको वताइन । उनले तेस्रोलिंगी लामो समय देखि राजनीतिमा क्रियाशील भएर पनि अरु पार्टीले उनीहरुलाई अघि नबढाएका दावी गरिन ।

’खै कहाँ भूमिकालाई नेपाली कांग्रेसले अघि बढायो, खै कहाँ सिल्पालाई एमालेले अघि बढायो ?,’ यमीले भनिन, ’तर हाम्रो पार्टीले तेस्रोलिंगी पिंकी गुरुङलाई पार्टीको सचिवालयमा पनि राखेको छ र अब आउने चुनावमा पनि प्रतिनिधित्व गराउन समानुपातिक तर्फ उम्मेदवारको बन्द सूचीमा राखेको छ ।’ उनले अरुले चिल्ला कुरा मात्र गर्ने भन्दै नयाँ शक्तिले गरेर देखाउने बताइन् ।

किन आँखा चिन्हमा भोट हाल्नु पर्छ ? सुन्नुहोस भिडियो

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.