निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यौनिक अल्पसंख्यक समुदायको अधिकारको लडाईमा खुलेर आवाज उठाउँछु : वडा अध्यक्ष भोला

यौनिक अल्पसंख्यक समुदायको अधिकारको लडाईमा खुलेर आवाज उठाउँछु : वडा अध्यक्ष भोला

767
SHARES

विनोद वि.सी./रुपन्देही (पहिचान) मंसिर १३ – सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का नवनिर्वाचित वडाअध्यक्ष मुक्तिनाथ यादव भोलाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको लडाईमा आफू आफ्नो वडामा खुलेर आवाज उठाउने बताएका छन् । पहिचान अनलाईनसंग कुरा गर्दै वडाअध्यक्ष भोलाले यस्तो बताएका हुन् ।

वडाअध्यक्ष भोलाले रुपन्देही जिल्लामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संख्या ७÷८ हजारको हाराहारीमा भए पनि वडा नम्बर ४ मा यो समुदायको संख्या न्यून रहेको पनि बताए । वडाअध्यक्ष भोलाले वडा नम्बर ४ मा आफ्नो पाँच वर्षे कार्यकालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हितमा काम गर्ने र यो समुदायलाई वडाका यूवा संजालमा सहभागी बनाउने कुरालाई प्राथामिकता दिने प्रतिबद्धता गरेका छन् ।

साथै गौतम बुद्ध बिमानस्थल निर्माणको क्रममा अधिग्रहण भएका जग्गा जो कोहि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको जग्गा पनि अधिग्रहण भएको भए ढुक्कले खुलेर मुआब्जाको लागि वडामा निवेदन दिन समेत आग्रह गरे ।

 

समाचार शेयर गर्नुहोस्
767
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.