यौनिक अल्पसंख्यकलाई श्रृगार घरको सौन्दर्य कला सम्वन्धी तालिम

यौनिक अल्पसंख्यकलाई श्रृगार घरको सौन्दर्य कला सम्वन्धी तालिम

राज चौधरी/कैलाली (पहिचान) मंसिर १४ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका चार जनाले एक दिने सौन्दर्य कला सम्बन्धी (मेकअप) तालिम लिएका हुन् । हाम्रो श्रृगार घर धनगढीले एक दिने मेकअप तालिमको आयोजना गरेको हो । मेकअपको तालिम हाम्रो श्रृगार घरका सुरेन श्रेष्ठले दिए । समाजमा यो समुदायलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नभएको र त्यस ठाउ“मा विभेद सहनु पर्ने श्रेष्ठले बताए ।

यो समुदाय माथि हुने विभेदलाई अन्त्य गर्न सबै समुदाय वर्गबाट आवाज उठाउन जरुरी गरेको उनले बताए । हरेक ठाउ“मा अवसर र समान व्यवहार गर्न सबैलाई उनले आग्रह गरे । मेकअपको तालिम महिला, पुरुषलाई मात्र हैन समलिंगी तेस्रोलिंगीलाई पनि उतिनै अबश्यकता रहेकाले यो तालिममा यो समुदायलाई पनि सहभागी गराएको श्रेष्ठले बताए ।

सुदुरपश्चिम समाजका संयोजक राजु लामाले अहिले सम्म कसैले यस्ता प्रकारको तालिम नदिएको बताए । तर हाम्रो श्रृगार घरले यो समुदायलाई सहभागी गराएकोमा उनले खुशी व्यक्त गरे । लामाले अझै पनि यो समुदायलाई पछाडि पारी रहेको बताए । यो समुदाय माथि हुने विभेद, हेर्ने नजरमा परिवर्तन ल्याउन मान्छेको आआँखाको पट्टि खोल्न बाँकी रहेको लामाले बताए । उनले अगामी दिनमा पनि यस्ता तालिममा यो समुदायलाई सहभागी गराउन अग्रह गरे ।

त्यस्तै करुणा नेपाल, शितल सुबेदी र चञ्चली धमलाले मेकअपको तालिम लिन पाउदा धेरै खुशी लागेको वताए । उनीहरुले समलिंगी तेस्रोलिंगीलाई खुल्नको लागि यो पनि महात्वपुर्ण आधार रहेको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.