हिन्दुधर्ममा कसरी स्वीकार गरिएको छ समलिंगी तेस्रोलिंगीलाई : हेर्नुहोस पिंकी गुरुङले प्रस्तुत गरेका यी तथ्य

हिन्दुधर्ममा कसरी स्वीकार गरिएको छ समलिंगी तेस्रोलिंगीलाई : हेर्नुहोस पिंकी गुरुङले प्रस्तुत गरेका यी तथ्य

काभ्रे (पहिचान) मंसिर १६ – तेस्रोलिंगी पिंकी गुरुङले हिन्दुधर्ममा परापूर्व काल देखि नैं समलिंगी तेस्रोलिंगी सम्बन्धलाई स्वीकार गरिएको तथ्य प्रश्तुत गरेकी छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा मिडिया सचेतना कार्यक्रममा नील हिरा समाजकी अध्यक्षसमेत रहेकी गुरुङले धर्म र संस्कृतिले नैं स्वीकार नगरेका धर्ममान्ने देशहरुमा समेत यसलाई स्वीकार गरिएपनि नेपालमा धेरै पछि मात्र स्वीकार गरेर संविधानमा सम्बोधन गरेको बताइन् ।

‘धेरै पत्रकार साथिहरुले सामान्य रुपमा बुझेर पनि गहिरिएर नबुझेकाकारण थप बुझ्न आवश्यक भएको बताएपछि यो कार्यक्रम राखिएको हो,’ पिंकीले भनिन्, ‘यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको यौनिकता व्यक्ति विशेषमा फरक–फरक हुँन्छ, त्यसैले एउटा विषय बुझेर त्यही आधारमा सबैलाई बुझियो भने त्यहाँ कमजोरी हुन सक्छ ।’ उनले नेपालमा हिन्दु धर्म प्रधान समुदाय रहेको र हिन्दु धर्ममा परंपरा देखि नैं समलिंगी तेस्रोलिंगीलाई स्वीकार गरिएको भन्दै तथ्यहरु प्रस्तुत गरिन् ।

‘सुरु–सुरुमा नेपालमा समलिंगी तेस्रोलिगी छैन हुँदैन । केही देखिएकाहरु पश्चिमा कल्चरको नक्कल मात्र हो भन्ने आरोप पनि थियो,’ पिंकीले भनिन्, ‘तर हाम्रो समाजमा महादेव पार्वती अर्थात उमा महेश्वरको समस्टीरुप अर्धनारिश्वर, रामायणको कथामा तृतीय प्रवृति, महाभारतको शिखण्डी, रामायणको कथा तथा हाम्रो समाजको मारुनी कल्चर उदाहरण भएको बताइन् ।

‘रामायणको तृतीय प्रवृति भनेर उल्लेख छ, हामीले त्यसकै आधारमा तेस्रोलिंगी भनेर लैंगिक पहिचान राखेका हौं,’ पिंकीले भनिन्, ‘लिंगका रुपमा तेस्रो नभएर महादेवको तेस्रो आँखा जस्तो महत्वपूर्ण बनाउने प्रयत्न पनि हो ।’ उनले त्यसपछि धर्म ग्रन्थका कहानी समेत सुनाइन् ।
‘रामायणमा कथा छ, राम बनबास जाँदा धेरै जनता उहाँसँगै पछि लागेर गए, नदिकिनारामा पुगेपछि रामले ‘हे नरनारी हो तिमिहरु आफ्नो आफ्नो घर फर्क’ भनेर बनबास गए । तर फर्केर आँउदा केही मानिसहरु त्यही स्थानमा देखे । उनले प्रश्न गरे ‘मैले त गाउँ जाउ भनेको थिए’ पिंकीले भनिन्, ‘ तर, त्यहाँका मानिसहरुले ‘तपाईले नर र नारीलाई मात्र फर्कन भन्नुभएको थियो, त्यसकारण हामी यही बसेका हौं भनेर जवाफ दिन्छन् । त्यसले पनि पहिले देखि नैं समलिंगी तेस्रोलिंगी थिए भन्ने प्रमाणको काम गर्छ ।’

उनले स्वस्थानी ब्रत कथामा उल्लेख भस्मासुरको कथा समेत उल्लेख गरिन् । भस्मासुरुले महादेवबाट ‘जसको टाउकोमा हात राख्यो उ भस्म हुने’ बरदान पाउँछ, त्यसलाई दुरुपयोग गरेर देवताहरुलाई दुख दिन्छ,’ पिंकीले भनिन्, ‘त्यसपछि विष्णुले मोहीनीरुप धारण गरेर भस्मासुर नजिक पुग्छन्, त्यसपछि भष्मासुर मोहित भएर यौन प्रस्ताव राख्छन् । मोहित भएका भस्मासुरलाई मोहिनीले विभिन्न स्टेपमा नचाउँदा आफ्नै हात टाउकोमा राख्ने स्टेपमा पु¥याउछिन् र भष्मासुर आफै भष्म हुन्छ ।’

उनले भस्मासुर मारिएको खबर पछि महादेव आस्चार्यमा परेको र विष्णुलाई बोलाएर मोहिनी रुप धारण गर्न लगाएको कहानी सुनाइन् । ‘महादेवले बोलाएर मोहिनी रुप धारण गर्न लगाएपछि महादेव आफुले आफूलाई नैं नियण्त्रण गर्न सकेनन् र उनीहरुबीच यौन सम्बन्ध भयो,’ पिंकीले भनिन्, ‘त्यही सम्बन्धबाट हरिहरको जन्म भएको हो ।’ उनले त्यही कारण भारतीय समलिंगी तेस्रोलिंगी समुदायले सबैभन्दा ठुलो भगवान अर्थात भगवानका पनि भगवानका रुपमा हरिहरलाई मान्ने र पूजा गर्ने गरेको बताइन् ।

धर्ममा मात्र नभएर संस्कृतिमा पनि समलिंगी तेस्रोलिंगीलाई स्वीकार गरिएको तथ्य पिंकीले प्रस्तुत गरिन् । ‘नेपालमा मारुनी नाच पनि पुरुषले महिला बनेर नाच्ने चलन छ, त्यो भनेको तेस्रोलिंगी पहिचानलाई स्वीकार गरिएको हो,’ उनले भनिन्, ‘रत्यौलीमा महिलाहरुले पुरुष बनेर नाच्ने पनि अर्को संस्कार छँदैछ ।

उनले समलिंगी तेस्रोलिंगीलाई जन्म दिने विपरित लिंगी पुरुष र महिला नैं भएको भन्दै यो कुरालाई कसैले पनि नकार्न नसक्ने बताइन् । ‘जवसम्म संसारमा विपरित लिंगी सम्बन्ध कायम रहन्छ तवसम्म समलिंगी तेस्रोलिंगीको जन्म भइनैं रहन्छ,’ पिंकीले भनिन्, ‘किन भने समलिंगी तेस्रोलिंगी अन्तरलिंगी वा दुइलिंगीको जन्म दिने भनेका विपरितलिंगी आमाबाबु नैं हुन् ।’

विभिन्न संचारगृहमा कार्यरत पत्रकारसँगको छलफलमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले समाजलाई बुझ्नेका लागि समलिंगी तेस्रोलिंगी समान हुन भन्ने लाग्ने वताए । अधिवक्ता सुजन पन्तले समलिंगी विवाह कानुन बनाउन लिंगरिङ हुनु बिडम्वना भएको वताए ।

स्रोलिंगी अधिकारकर्मी भक्ति शाह, अधिकारकर्मी ववी तामाङ, समलिंगी पुरुष विश्वराज अधिकारी, अन्तरलिंगी बसन्त कडायत र समलिंगी महिला अपेक्षा दाहालले आ आफ्नो पिडा प्रस्तुत गरेका थिए । छलफलमा डिसेम्वर २१ मा मिष्टर गे ह्याण्डसम हुने र त्यस अघि एलवीटी भिजिविटिको कार्यक्रम रहेको अधिकारकर्मी अधिकारीले जानकारी गराएका थिए । नील हिरा समाजमा कार्यरत सुमन नेपालले समलिंगी तेस्रोलिंगी बिषयलाई संचारमाध्यमले प्रस्तुत गरेका केही समाचारलाई देखाउँदै संवेदनशिल भइदिन आग्रह गरेका थिए ।

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.