यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई सबै कुरामा सहज बनाइदिनुपर्छ : कुशुम कार्की

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई सबै कुरामा सहज बनाइदिनुपर्छ : कुशुम कार्की

काठमाडौं (पहिचान) मंसिर १७ – नेकपा एमालेका नेता कुशुम कार्कीले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई सबै कुरामा सहजता निर्माण गरिदिनुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा काठमाडौं क्षेत्रनम्बर ४ मा प्रदेशतर्फको २ का उम्मेदवार समेत रहेका कार्कीले आफू निर्वा्चित भए यौनिक अल्पसंख्यकका लागि पनि काम गर्ने बताए ।

’अब हामीले राजनीतिक परिवर्तनको यात्रा पुरा गरेकाका छौ अब समाजिक परिवर्तनसहित समृद्धिको यात्रामा सरिक हुने हो,’ कार्कीले भने, ’समृद्धिको अभियान कसैलाई विभेद गरेर पुरा हुँदैन । त्यसमा सबैलाई समेटन तेस्रोलिंगीलाई सबै कुरामा सहज अवस्था निर्माण गर्नुपर्छ ।’ उनले आफूले स्थानीय निकायको जनप्रतिनिधि भएर काम गरिसकेको भन्दै अब पनि सबैलाई समेटन र सबैका अधिकार स्थापित गर्दै समृद्धिको अभियानमा एक जुट बनाउन अफूले उम्मेदवारी दिएको बताए ।

उनले आफ्नै पार्टीका शिर्ष नेताहरुले गरेका तिखा टिप्पणी र शिर्ष नेताहरुबीचको आरोप प्रत्यारोप अस्वस्थ राजनीतिको नमुना भएको भन्दै स्थानीय तहबाट त्यस विपरितको संस्कार देखाउन आवस्यक रहेको बताए । ’सबै मिलेर संविधान जारी भएको छ अब त्यसलाई सबैले मिलेर नैं कार्यान्वयन गर्नपर्छ,’ कार्कीले भने, ’यो संविधानलाई कार्यान्यवन गर्ने निर्वाचनमा शिर्ष नेताहरुबीच जे जस्ता टिप्पणी र आलोचना भइरहेका छन् । त्यो अस्वस्थ राजनीतिको नुमना हो । परंपरागत सोचको अवसेस हो ।’ उनले स्थानीय तहका समस्या र नीतिगत सुधारका विषयमा कार्यक्रम दिएर कार्यान्वयनको प्रतिस्पर्धा गर्नुपर्ने समयमा नेताहरुका टिका टिप्पणि दुःखद भएको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.