समानुपातिक तर्फकी उम्मेदवार गुरुङ भोट माग्दै घर दैलो अभियानमा व्यस्त

समानुपातिक तर्फकी उम्मेदवार गुरुङ भोट माग्दै घर दैलो अभियानमा व्यस्त

काठमाडौं (पहिचान) मंसिर १७ – नयाँ शक्ति पार्टीको प्रतिनिधिसभामा समानुपातिक तर्फकी उम्मेदवार तेस्रोलिंगी पिंकी गुरुङ घर दैलो अभियानमा व्यस्त भएकी छन् । गुरुङ मंसिर २१ गते दोस्रो चरणमा चुनाव हुने काठमाडौं जिल्लाका निर्वाचन क्षेत्रहरुमा रहेका मतदाताको घर दैलामा व्यस्त भएकी हुन् ।

आफूलाई समानुपातिक कोटामा निर्वाचित गराउन मतदाताको घर दैलोमा पुगेर भोट मागिरहेकी छन् । समावेशी समानुपातिक प्रतिनिधित्वलाई संविधानले सुनिश्चित गरेपछि नयाँ शक्ति पार्टीले यसपटक नील हिरा समाजकी अध्यक्ष गुरुङलाई समानुपातिकको तर्फबाट उम्मेदवार बनाएको छ ।

गुरुङले समुदायको अधिकार स्थापित गराउन राजनीतिको उच्च तहमा पुग्नु पर्ने आवश्यकतालाई नयाँ शक्तिले साकार पार्ने विश्वास व्यक्त गरेकी छन् । तेस्रोलिंगी समुदायलाई माया गर्ने व्यक्तिहरु यही समाजमा रहेकाले उनीहरुको मत पाउने गुरुङको आशा छ ।

उनले मतदाता कहाँ पुग्दा उहाँहरु उत्साहित भएको बताउँदै उहाँहरुले परिवर्तन चाहेको महशुस भएको वताइन । गुरुङलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले खुलेरै भोट मागिरहेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.