पत्रकारहरु पनि समलिंगी यौंन सम्बन्ध राख्न आउछन् पुलिस त कत्ति हो कत्ति ? बबि तामाङ

पत्रकारहरु पनि समलिंगी यौंन सम्बन्ध राख्न आउछन् पुलिस त कत्ति हो कत्ति ? बबि तामाङ

काभ्रे (पहिचान) मंसिर २२ – तेस्रोलिंगी अधिकारकर्मी बबि तामाङले पत्रकारहरु देखि प्रहरीसम्मआफूसँग यौन सम्बन्ध राख्न आउने गरेको बताएकी छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा गरिएको पत्रकार सचेतना कार्यक्रममा बबिले पत्रकार सोध्छु भन्दै आउने र प्रहरीले जवरजस्ति गर्ने गरेको बताइन् ।

‘पत्रकारहरु पनि सोध्नु छ भन्दै आउछन् र अर्कै कुरा प्रस्ताव गर्छन्, झन प्रहरीले त जवस्जस्ती धम्क्याएर हामीसँग यौन सम्बन्ध राख्छन्,’ बबिले भनिन्, ‘हामीलाई थुन्ने प्रहरीले र सरकारले न हामीलाई विकल्पमा रोजगारी दिन्छन न त हामीले गरेको काम नैं गर्न दिन्छन् ।’ उनले प्रहरीले थुनेर २० हजार धरौंटी लिएर छोड्ने गरेकाले पुनः यौन कर्म गरेर नैं आफूले धरौंटी असुल्नुपर्ने बाध्यता सुनाए ।

‘कतिका परिवारले घरबाट निकालेका हुन्छन पढे लेखेका हुदैनन्, क्षमता पनि छैन, कसैको साथ पनि छैन भने बाच्नको लागि बाध्यताले त्यो काम गरेको हुन सक्छ,’ बबिले भने, ‘त्यो काम नगर्नको लागि त सरकारले पनि रोजगारको व्यबस्था सृजना गर्नुपर्यो नि त ।’ बबिले पत्रकारले पनि तेस्रोलिंगीहरु बाटोमा बस्छन भन्ने गरेको प्रति गुनासो गर्दै उनीहरुको बाध्यता हो भनेर कसैले नबुझेको गुनासो गरिन् ।

‘बिशेषगरी रत्नपार्क एरियामा यौन धन्दा गर्नको लागि बस्छन् भनिन्छ, रत्नपार्कमा बाध्यताले बसिरहेका हुन्छन,’ बबिले भनिन्, ‘पुलिसले समाएर लान्छ, दश पन्ध्र हजार धरौटी लिन्छ, हामी निस्कन्छौ अनि फेरी त्यहि काम गर्न सुरु गर्छौ ।’ उनले यौन कर्म रहर नभएर बाध्यता भएको बताइन् । ‘हाम्रो बाध्यता छ नि त बाच्नको लागि पुलिसले समाएर लगेपछि हामीलाई यो यो काम गर भनेर एउटा एउटा काम लगाइदिए त हामी त्यस्तो काम गर्दै गर्दैनौ नि । त्यो व्यबस्था सरकारले हामीलाई कहिले गरिदिन्छ ? बबिले प्रश्न गरिन् ।

‘अनि पत्रकार साथीहरुले पनि तेस्रोलिंगीहरु यौनधन्दामा लाग्छन त भन्नु हुन्छ, अरु पनि प्रश्न छन् नि,’ बबिले प्रश्न गरिन्, ‘पुरुषहरु तेस्रोलिंगीसँग किन सेक्स गर्छन भनेर किन प्रश्न सोध्नु हुन्न ?’

बबिले बाध्यतामा रहेका तेस्रोलिंगीले मात्र यौन पेशा अपनाएको भन्दै नेपालमा रहेका धेरै तेस्रोलिंगीहरुले आफ्नै काम गरेर बाँचरिहेको बताइन् । ‘हामी तेस्रोलिंगीलाई सेक्स वर्कर अर्थात यौनकर्मी भनेर चिन्ने गरिन्छ । तर, हाम्रो आफ्नै पहिचान छ, हामी काम गरेर खाइरहेका छौं,’ बबिले भनिन्, ‘नेपालमा जति पनि तेस्रोलिंगीहरु छन्, उनीहरु सबै यौन धन्दामा लागेका छैनन, आफनै बिजनेस गरेर सक्षम भएका उदाहारणहरु पनि धेरै छन ।’

उनले तेस्रोलिंगी तथा मिस पिंक २०१६ एनि लामाले आफनै बुटिक संचालन गर्दै आएको तथा तेस्रोलिंगी सोफिले मेकअप आर्टिस भएर काम गरेको, तेस्रोलिंगी अन्जली लामा अहिले अन्तराष्ट्रिउयस्तरको मोडलको रुपमा भारतमा रहेको तथा तेस्रोलिंगी मेघना लामाले रेष्टुरेन्ट व्यवसायीका रुपमा काम गरेर प्रतिस्ठा कमाएको उदाहरण प्रस्तुत गरिन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.