काठमाडौं (पहिचान) मंसिर २६ – नृत्य निर्देशक शिब बिकले २० वर्ष अगाडिबाट आफू समलिंगी तेस्रोलिंगीसँग परिचित रहेको बताएका छन् । रेष्टुरेन्टमा पहिलोपटक तेस्रोलिंगीलाई भेटेको स्मरण गर्दै उनले त्यसबेला नै आफूले यौनिक तथा लैंगिक अल्पसंख्यकबारे जानकारी लिएको बताए ।
“एकले अर्कोलाई सम्मान गर्नुपर्छ । हैन भने द्वन्द्व सुरु हुन्छ,” उनी भन्छन्, “सन्तान नहुने भएकाले समलिंगी तेस्रोलिंगीले राज्यको जिम्मेवार पदमा पुगे राष्ट्रका लागि विना सर्त काम गर्नेछन् । उनीहरुलाई सन्तानका लागि पैसा जम्मा गर्नु छैन, त्यसैले उनीहरुलाई अवसर दिनुपर्छ ।”
आफू आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने भन्दै उनले भने, “मैले मेरोतर्फबाट सकेको सहयोग गर्छु । नील हिरा समाजले कुनै गीत बनायो भने त्यसको कोरियोग्राफी र सम्पादन गर्न सहयोग गर्छु, खुलेर भन्नुस्, म सहयोग गर्नेछु ।”
आफ्नोबारे अरुलाई जानकारी नदिएसम्म थाहा नहुने भन्दै उनी भन्छन्, “आफ्नोबारे जसरी तपाइँले भनेपछि मैले थाहा पाएँ, अरुलाई पनि यसैगरी भन्नुभयो भने थाहा पाउँछन्, बुझ्छन् । आफैैले भन्नुपर्छ, समाजलाई जानकारी दिनुपर्छ ।”
तेस्रोलिंगी भन्नेवित्तिकै घृणाको नजरले हेर्ने व्यक्ति पनि रहेको भन्दै उनी भन्छन्, “म तेस्रोलिंगीलाई म्युजिक भिडियोमा प्रस्तुत गर्दैछु, कुरा भैरहेको छ । तेस्रोलिंगी राम्रो नाच्ने भएकाले अझै सजिलो हुन्छ ।”
अधिकारका हिसावले सबै समान रहेको भन्दै उनले फरक पचिहान र यौनिकता भएकै कारण फरक व्यवहार र विभेद गर्नु नहुनेमा जोड दिए । राज्यले पछि परेको व्यक्तिलाई विशेषाधिकार दिनुपर्ने उनको भनाइ छ ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.