खुलेर नगरपालिकाको सम्पर्कमा आउन नगर प्रमूख रावलको आग्रह

खुलेर नगरपालिकाको सम्पर्कमा आउन नगर प्रमूख रावलको आग्रह

राज चौधरी/कैलाली (पहिचान) मंसिर २९ – कैलालीको टिकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई हेर्ने दृष्टिकोण सकारात्क रहेको बताएका छन् । रावलले यो समुदायको बिषयलाई प्रमुख सरोकारको बिषय बनाउने बताए ।

“सबै वर्ग समुदायलाई राज्यले स्वीकार गरि सकेको र हामीले नस्वीकार्ने कुरै भएन उनले भने, यो समुदायमा देखिएको समस्यालाई न्यूनिकरण गर्नुपर्छ । “उनले यो समुदायले चाहेको जस्तो आयआर्जनका सीपमुलक कार्यक्रमहरु उपल्बध गराउने प्रतिवद्धता जनाए ।

कुनै पनि नागरिक दोस्रो दर्जाको नागरिक नरहेको भन्दै नगर प्रमूख रावलले यो समुदायलाई जे जस्तो ठाउँमा लुकेर बस्नु पर्ने र अपहेलना भएको महसुुस गर्नु पर्ने कुनै कारण नै नरहेको बताए ।

उनले खुलेर आफ्ना समस्या, माग र योजना सहित नगरपालिकाको सम्पर्कमा आउन आग्रह गरे । यो समुदायलाई आवश्यकता अनुसारको बजेट विनियोजन गर्ने रावलको प्रतिवद्धता छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.