यौनिक अल्पसंख्यकलाई सहयोग गर्ने जनप्रतिनिधिको प्रतिवद्धता,नील हिरा समाजको अध्यक्षमा पिंकी गुरुङ निर्वाचित

यौनिक अल्पसंख्यकलाई सहयोग गर्ने जनप्रतिनिधिको प्रतिवद्धता,नील हिरा समाजको अध्यक्षमा पिंकी गुरुङ निर्वाचित

edf

काठमाडौं (पहिचान) पुस १२ – काठमाडौं महानगरपालिकाकी जनप्रतिनिधि इश्वरी परियारले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् । नील हिरा समाजको बार्षिक साधारणसभामा वडा नम्वर २ कि महिला सदस्य परियारले यौनिक अल्पसंख्यकलाई सहयोग गर्ने प्रतिवद्धता जनाएकी हुन् । उनले आफूलाई परेको समस्या वडा कार्यालयमा आएर भने समस्या समाधानका लागि सहयोग गर्ने वताइन ।

साधारणसभा मार्फत सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित पिंकी गुरुङले अधिकार प्राप्तिको अभियानमा समुदायका सदस्य र संस्थाको सामुहिक भूमिका रहेको वताइन । उनले संविधानमा लेखिएको अधिकार लिनका लागि समुदायका सदस्य अग्रसर हुनुपर्नेमा जोड दिइन ।

समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले एचआइभी रोकथाम र मानवअधिकार लागि निरन्तर क्रियाशिल रहेको वताइन । उनले एक बर्षमा समुदायका ३६ जना सदस्यमाथि मानवअधिकार हननका घटना भएको संस्थामा अभिलेखिकरण भएको जानकारी दिइन । कार्यकारी निर्देशक ढकालले सबै भन्दा धेरै प्रहरी प्रशासनबाट समुदायका सदस्यमाथि मानवअधिकार उल्लघंन भएको वताइन ।

समाजका उपनिर्देशक परसुराम राइले सर्वोच्चको फैसला अनुसार समुदायका सदस्यलाई आफूले इच्छाएको नाममा शैक्षिक प्रमाणपत्र दिने व्यवस्था गर्न शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालयलाई परिपत्र जारि गर्ने आश्वासन दिएको वताए । उपनिर्देशक राइले अन्तरलिंगी समुदायका लागि अन्तराष्ट्रिय बालअधिकार महासन्धी अनुसार नेपाल सरकारले कानुनको मस्यौदा बनाइरहेको वताए ।

समाजका वित्त प्रमूख बिष्णुराज पन्तले एक बर्षमा दातृ निकायले दिएको सहयोग र खर्चको विवरण प्रस्तुत गरेका थिए । तेस्रोलिंगी पुष्पा लामाले दातृ निकायले दिने सहयोग रोकिदाँ सेवा प्रदानमा आउने अफ्यारो हटाउने उपाय खोज्नु पर्ने वताइन ।

साधारणसभाले सर्वसम्मत रुपमा पिंकी गुरुङको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ । केहीदिन अघि भएको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालको साधारणसभाले मनिषा ढकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.